बैंक अफ काठमाण्डूको ऋणपत्र भदौ २ देखि निष्काशन, १०.५ प्रतिशत ब्याज

बैंक अफ काठमाण्डू (बिओके)ले भदौ २ गतेदेखि ऋणपत्र निष्काशन गर्ने भएको छ  । बैंकले अंकित मूल्य १००० दरको १ अर्ब १० करोडले हुन आउने ११ लाख कित्ता ऋणपत्र निष्काशन  गर्न लागेको हो । ११ लाख कित्ता मध्ये ४ लाख ४० हजार कित्ता सर्बसाधारणलाई र ६ लाख ६० हजार कित्ता ब्यतिगत तबर बाट बिक्रि हुने छ । सर्बसाधारणलाई बिक्रि हुने ४ लाख ४० हजार कित्ताबाट २२ हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषलाई छुट्याईएको छ ।  यस ऋणपत्रमा छिटोमा भदौ ७ गते र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा भदौ १६ गतेसम्म आवेदन दिन सकिने छ  ।  आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । ७ वर्षे अवधिको यस ऋणपत्रमा बैंकले १०.५ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

सम्बन्धित सामग्री

बैंक अफ काठमाण्डूको ऋणपत्र सूचीकृत, कहिलेबाट कारोबार गर्न मिल्छ ?

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा बैंक अफ काठमाण्डूको ११ लाख कित्ता ऋणपत्र सूचीकृत भएको छ । ‘बिओके डिबेन्चर २०८६ क’ नामक ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्र भोलि सोमवारदेखि धितोपत्रको दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीले सात वर्ष अवधिको लागि वार्षिक १० दशमलव ५० प्रतिशतमा निष्कासन गरेको ‘बिओके डिबेञ्चर २०८६ क’ ऋणपत्र सूचीकृत भएको हो । ऋणपत्र स्टक सिम्बोल बीओकेडी ८६ क रहेको छ ।

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क) ’नामक ऋणपत्र बाँडफाँट भएको छ ।बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको थियो ।बैंकले कुल कित्तामध्ये […]

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ (क) ’नामक ऋणपत्र बाँडफाँट भएको छ ।बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको थियो। बैंकले कुल कित्तामध्ये ६ लाख ६० हजार कित्ता ब्याक्तिगत तवरबाट विक्री गरेको चार लाख ४० हजार कित्ता ऋणपत्र सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।

बैंक अफ काठमाण्डूको ऋणपत्र बाँडफाँट

काठमाडौं । बैंक अफ काठमाण्डूको सात वर्षे अवधि तथा वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदर भएको ‘बिओके डिबेञ्चर २०८६ ९क०’नामक ऋणपत्र बाँडफाँट भएको छ । बैंकले २ देखि ७ भदौसम्म एक हजार अंकितका ११ लाख कित्ताले हुन आउने एक अर्ब १० करोड बराबरको ऋणपत्र निष्कासन गरेकोमा सो अवधिसम्म रितपूवर्क आवेदन दिनेहरूलाई १४ भदौमा बाँडफाँट गरेको […]

बैंक अफ काठमाण्डूको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

चैत ३, काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।  कम्पनीले ऋणपत्र निष्कासन गर्नका लगि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले रू. १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको हो ।  कम्पनीले आगामी ७ वर्ष सम्मका लागि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।  अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ ।

बैंक अफ काठमाण्डूको बिक्रि प्रबन्धमा एनआईबिएल एस क्यापिटल

काठमाडौं, ३ चैत्र । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्काशनको लागि एनआईबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ । बैंकले ऋणपत्र निष्काशनको लागि क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गर्दै सम्झौता गरेको हो । सम्झौतामा बैंक अफ काठमाण्डू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर […]

बैंक अफ काठमाण्डूको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले एक हजार अंकित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको ‘बीओके डिबेन्चर २०८६ (क)’ ऋणपत्र जारी गर्न एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । बैंक अफ काठमाण्डू लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवणलाल मास्के र एनआईबीएल एस क्यापिटल लिमिटेडका नायब महाप्रबन्धक सचिन्द्र […]

बैंक अफ काठमाण्डूको ऋणपत्र नेप्सेमा सूचीकृत

बैंक अफ काठमाण्डूको ऋणपत्र बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले गत मंसिर २४ गतेदेखि २९ गतेसम्म विक्री गरी पुस ८ गते बाँडफाँट गरेको १६ लाख कित्ता ऋणपत्र सूचीकृत गराएको हो ।आइतबारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धीत ऋणपत्र धनीले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् । बैंकले […]

नेप्सेद्वारा बैंक अफ काठमाण्डूको ऋणपत्र सुचिकृत

काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेले बैंकको ८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचीकृत गरेको जनाएको छ । आज बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको छ । आइतवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।

बैंक अफ काठमाण्डूको ८.५० %  ऋणपत्र सूचीकृत

साउन २८, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  मा सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र शेयरधनीले आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि दोस्रो बजारमा कारोबार हुने छ ।  कम्पनीले २०७७ मंसिर २४ गतेदेखि २८ गतेसम्म निष्कासन १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८६ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो ।