बैंक अफ काठमाण्डूको ८.५० %  ऋणपत्र सूचीकृत

साउन २८, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र बिहीवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से)  मा सूचीकृत भएको छ । कम्पनीको १६ लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो । अव यो ऋणपत्र शेयरधनीले आइतवारदेखि खरीदविक्री गर्न सक्नेछन् । बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनी बीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएसँगै आइतवारदेखि दोस्रो बजारमा कारोबार हुने छ ।  कम्पनीले २०७७ मंसिर २४ गतेदेखि २८ गतेसम्म निष्कासन १६ लाख कित्ता ऋणपत्र निष्कासन गरेको थियो । कम्पनीले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरमा २०८६ सम्मका लागि ऋणपत्र निष्कासन गरेको हो ।    

सम्बन्धित सामग्री

१ करोड ४१ लाख कित्ता ऋणपत्र निष्कासनको पर्खाइमा ५ ओटा कम्पनी

जेठ ९, काठमाडौं । धितोपत्र दोस्रो बजारमा पाँच ओटा कम्पनीहरुको १ करोड ४१ लाख कित्ता ऋणपत्र थपिने भएको छ । चार ओटा वाणिज्य बैंक र एउटा विकास बैंकले उक्त कित्ता ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । नेपाल एसबिआई बैंक, प्राइम कमर्सियल बैंक, सिद्धार्थ बैंक, बैंक अफ काठमाण्डू र कामना सेवा विकास बैंकले ऋणपत्र निष्कासनको लागि बोर्डमा निवेदन दिएका हुन् । ती मध्ये कामना सेवा विकास बैंकले २०७८ साल असार ४ गतेनै ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो ।   कामना सेवा विकास बैंकले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनको तयारी गरेको हो । कम्पनीको आवेदन स्वीकृति प्रक्रिया जवाफ र समिक्षा चरणमै रहेको छ । वार्षिक ९ प्रतिशत ब्याजदरको १० वर्षे अवधिको कामना सेवा विकास बैंकको ऋणपत्र विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।  यसैगरी २०७८ साल फागुन १६ गते नेपाल एसबिआई बैंकले ५ वर्षे अवधिको ९ दशमलव २५ प्रतिशत ब्याजदर उल्लेख ३० लाख कित्ता ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । सानिमा क्यापिटल लिमिटेडले विक्रीको जिम्मा लिएको यो ऋणपत्रको निवेदन स्वीकृति प्रक्रिया प्राम्भिक समिक्षा अन्तर्गतनै रहेको छ ।  प्राइम कमर्सियल बैंकले १० दशमलव १५ प्रतिशत ब्याजदर रहेको ५ वर्षे अवधिको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको छ भने सिद्धार्थ बैंकले १० वर्षे अवधिको १० दशमलव ७५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । त्यस्तै बैंक अफ काठमाण्डूले ७ वर्षे  अवधिको १० दशमलव ५ प्रतिशत ब्याजदरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।  प्राइम कमर्सियल बैंकले यस वर्षको वैशाख २२ गते, सिद्धार्थ बैंकले वैशाख २५ गते र वैक अफ काठमाण्डूले वैशाख २६ गते बोर्डमा निवेदन दिएको हो । प्राइमको ऋणपत्र विक्री प्रबन्धकमा सानिमा क्यापिटल, सिद्धार्थको कुमारी क्यापिटल र बैंक अफ काठमाण्डूको एनआईबिए एस क्यापिटल लिमिटेड रहेको छ ।  नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य जारी गर्नुपर्ने व्यवस्था लागू भएसँगै दोस्रो बजारमा ऋणपत्र सूचीकृत हुने क्रम निरन्तर चलिरहेको छ । धितोपत्र बजारमा सूचीकृत अन्य धितोपत्रहरु सरह ऋणपत्रको कारोबार भने नियमित भएको देखिदैंन । सरकारले गत वर्ष ऋणपत्रको बजार विस्तारलाई प्राथमिकताका साथ बजेटमा प्रस्तुत गरेको थियो । सरकारी ऋणपत्रहरुको पनि धितोपत्र दोस्रो बजारमा कारोबार हुन सक्ने वातावरण तयार गर्दै ऋणपत्रको बजार विस्तार गर्ने योजना सरकारको थियो ।  यो वर्ष बजार सञ्चालक र नियामक निकायमा केहि समय नेतृत्व विहिनको अवस्था आएकाले पनि यो विषय प्राथमिकतामा पर्न नसकेको जानकारहरु बताउँछन् । यस वर्षको बजेटमा पनि यो विषयलाई पुनः उठान गरी ऋणपत्रको बजार विस्तारमा सरकारले विशेष ध्यान दिनुपर्ने माग सरोकारवाला निकायहरुले गरेका छन् । प्राथमिक बजारमै प्रतिकित्ता रू. १ हजार मूल्य पर्ने ऋणपत्रको कारोबार दोस्रो बजारमा नियमित हुन सके यसले बजारलाई सकारात्मक प्रभाव पार्ने विश्वास लगानीकर्ताहरुको छ । निश्चित अवधिका लागि निश्चित ब्याजदरका आधारमा लगानी गर्ने ऋणपत्र धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिने गरी सूचीकृत हुने हुँदा यसप्रति लगानीकर्ताहरुको आकर्षण बढी देखिएको छ ।  पछिल्लो समय सार्वजनिक निष्कासनमा आएका ऋणपत्रहरुमा लगानीकर्ताहरुको आकर्षण अन्य धितोपत्रहरुको सरहनै रहेको लगानीकर्ताहरुको बुझाइ छ ।  तोकिएको अवधिभन्दा अगावै आफुलाई रकम आवश्यक परे दोस्रो बजारमा सहजै विक्री हुने गरी ऋणपत्रको खरीद माग सृजना हुने वातावरण बन्नुपर्ने माग लगानीकर्ताहरुले गरेका छन् ।

नेप्सेद्वारा बैंक अफ काठमाण्डूको ऋणपत्र सुचिकृत

काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आज बैंक अफ काठमाण्डू लिमिटेडको ऋणपत्र सुचिकृत गरेको छ । नेप्सेले बैंकको ८.५० प्रतिशत बिओके डिबेन्चर २०८६” को १६ लाख कित्ता ऋणपत्र सूचीकृत गरेको जनाएको छ । आज बिहीवार नेपाल स्टक एक्सचेञ्ज र कम्पनीबीच धितोपत्र सूचिकरण सम्झौता सम्पन्न भएको छ । आइतवारदेखि दोस्रो बजारमा कारोबार हुनेछ ।