चैत ३, काठमाडौं । बैंक अफ काठमाण्डूले ऋणपत्र निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको छ ।
कम्पनीले ऋणपत्र निष्कासन गर्नका लगि एनआईबिएल एस क्यापिटललाई विक्री प्रबन्धकमा नियुक्त गरेको हो । कम्पनीले रू. १ हजार अंकित दरको ११ लाख कित्ता ऋणपत्र निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेको हो ।
कम्पनीले आगामी ७ वर्ष सम्मका लागि वार्षिक १० दशमलव ५० प्रतिशत ब्याजदरमा ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त सम्झौतामा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रवण लाल मास्के र एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका हुन् ।
अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र ऋणपत्र निष्कासन गर्नेछ ।