नेपाली काँग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्थानीय तहदेखि नै काँग्रेस बलियो भएर आउनुपर्ने बताएका छन् । सोमबार काँग्रेस केन्द्रीय समिति बैठकमा उनले स्थानीय तहमा गठबन्धन गरेर बलियो पार्टी भए प्रदेश र संघीय निर्वाचनलाई सकारात्मक प्रभाव पार्ने तर्क गरे ।बैठकमा उनले भनेका छन्, `गठबन्धन गर्दा काँँग्रेस आईको हालत हुन्छ भन्ने सुन्छु तर, स्थानीय तहमा गठबन्धन नहुँदा नेमकिपा र जनमोर्चाको जस्तो हालत हुन्छ । मलाई चिन्ता यहाँनिर छ । आदर्शले रमाइलो त होला तर धरातलीय यथार्थ फरक छ । र, म जोड दिएर भन्छु-