संविधानप्रति जनताको भरोसा विस्तारै खण्डित हुँदैछ : सहमहामन्त्री आङ्देम्बे

नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले आवश्यकताको आधारमा संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउनुपर्ने बताएका छन् । आठौँ संविधान दिवसको अवसरमा सोमबार शुभकामना व्यक्त गर्दै उनले संविधानसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलका नेतृत्वहरूले संशोधन गर्दै संविधानलाई सर्वसम्मत बनाउने भद्र सहमति संविधान जारी गर्ने बेलामा जनताका अगाडि गरेको स्मरण पनि गरे । तर, आवश्यकता र औचित्य हुँदा पनि संशोधन गर्न राजनीतिक दलका नेतृत्वहरु तयार नहुँदा विस्तारै संविधानप्रति जनताको भरोसा खण्डित हुँदै