भूँइमान्छेका गुनासा सुन्न समुदायमा कांग्रेस अभियान : सहमहामन्त्री आङ्देम्बे

दार्चुला । नेपाली काग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले नेपाली कांग्रेसले सुरु गरेको ‘समुदायमा कांग्रेस’अभियान भुइँमान्छेका समस्या र गुनासा सुन्नका लागि भएको बताएका छन् । यस अभियानबाट जागरण र परिवर्तन आउनेमा उनले विश्वास व्यक्त गरे । आज नेपाल प्रेस युनियन दार्चुलाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसको यो अभियान भीडसँगको कार्यक्रम नभई जनतासँगको कार्यक्रम भएको स्पष्ट पारे। […]