काठमाडौँ – तारा एयरलाइन्सको सम्पर्कविहीन जहाज खोज्न नेपाली सेनाको एमआई ५७ हेलिकप्टर काठमाडौंबाट पठाइएको छ। उद्धार टोली लिएर सेनाको हेलिकप्टर मुस्ताङको लेतेका लागि उडेको र सेनाको अर्को रेस्क्यू टोली मुस्ताङको घाँसाबाट घटनास्थलमा गएको नेपाली सेनाका प्रवक्ता सैनिक सहायक रथी नारायण सिलवालले जानकारी दिए। मुस्ताङको घाँसा क्षेत्रमा ठुलो आवाजमा विस्फोट भएको र आगो देखिएको भन्दै स्थानीयले […]