मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। नेपाली आकासमा उनले झण्डै सात हजार घण्टा हेलिकप्टर उडाएका थिए।
मंगलबार बिहान सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर पाइलट चेतबहादुर गुरूङले उडाएका थिए। नेपाली आकासमा उनले झण्डै सात हजार घण्टा हेलिकप्टर उडाएका थिए।
असोज ११ गते ल्याण्डिङ गेयर (पांग्रा) नखुलेर विराटनगरबाट काठमाडौँ फर्काएर सकसपूर्ण रुपमा अवतरण भएको बुद्ध एयरको जहाजका पाइलट दोषी देखिएका छन् । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले गठन गरेको छानबिन समितिले पाइलट एजी शेर्पालाई दोषी देखाएको हो ।समितिले बिहीबार प्रतिवेदन बुझाएको हो । उक्त प्रतिवेदनमा पाइलटलाई दोषी ठहर गरिएको छ ।जहाजको पांग्रा खुलेको तर, पाइलटले चेकलिस्ट नहेरेका कारण विराटनगरमा अवतरण हुनुपर्ने बुद्धको जहाज काठमाडौँ फर्काएर आकस्मिक अवतरण गर्नुपरेको समितिको भनाई छ । यसो हुनुमा पाइलट नै जिम्मेवार हुने भन्दै समितिले आफ्नो प्रतिवेदनमा पाइलटलाई ३ महिना निलम्बन गर्न सिफारिस गरेको छ ।छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्राधिकरणले सुरक्षा व्यवस्थापन शाखालाई पत्राचार गरिसकेको जनाएको छ । समितिले बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीलाई प्रतिवेदन बुझाएको हो ।पाइलट झुक्किएका हुन् ?काठमाडौँबाट ७३ जना यात्रु (चालक दलका सदस्यसहित) बोकेर विराटनगर उडेको बुद्धको उक्त जहाज अवतरण हुने समयमा पांग्रा नखुलेपछि क्याप्टेन शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौँ फर्काए ।पांग्रा खुले नखुलेको यकिन नभएपछि पाइलटले अवतरण नगराउनु राम्रो पक्ष भएपनि अघिल्लो दिन रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको इपन्डकेटर बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्न पाइटलले नै बिर्सिएको प्रतिवेदनमा औल्याईएको छ ।समितिले जहाज उडानुअघि ककपिटका सबै बत्तीको अवस्था जाँच नगरिएको पाईएको जनाएको छ । यसलाई सामान्य गल्ती तथा कमजोरीले निम्त्याएको खतरा भएको पनि समितिले जनाएको छ ।‘जहाजभित्र पर्याप्त साधन र स्रोत हुँदाहुँदै पनि तिनको सदुपयोग नगरी बाहिरी (विराटनगर र काठमाडौं टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर र एयर होस्टेस) सूचनामा भर परेको देखियो,’ प्रतिवेदनमा भनिएको छ । अब कहिले उड्न पाउँछन् पाइलट शेर्पा ?पाइलट शेर्पा प्रशिक्षक पाइलट समेत हुन् । उनी बुद्धको एटीआर ४२ र ७२ जहाजका प्रशिक्षक पाइलट डीसीपी (डेजिग्नेटेड चेक पाइलट) हुन् ।तर, यो घटनापछि बुद्धको डीसीपीको इजाजत ३ महिनाका लागि र प्राधिकरणमा भएको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरिएको छ । अब उनी बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा अनिवार्य उडेपछि मात्रै ‘रिलिज’ हुनेछन् । शेर्पाले आईपी ३ महिनापछि र डीसीपी ६ महिनापछि मात्रै पाउँने छन् ।को–पाइलट अन्सारी भने ५० घण्टा अनिवार्य उड्नुपर्नेछ ।
काठमाडौं : बुद्ध एयरका पाइलट आङगेलु शेर्पालाई विमान चलाउन रोक लगाइएको छ। ७३ जना यात्रु चढेको विमान २ घण्टा आकाशमा फन्को मारेर अवतरण गराएका शेर्पामाथि अनुसन्धान भइरहेकाले विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमान दुर्घटना हुनबाट जोगिए पनि के कारणले विमानको पाङ्ग्रा नखुलेको र पाइलटको भूमिकाबारे अनुसन्धान भइरहेको छ।छानबिन अवधिभर विमान चलाउन रोक लगाइएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए।नेपालको हवाई क्षेत्रमा विमान र हेलिकप्टरम
काठमाडौं। काठमाडौं उपत्यकामा २४ सैं घण्टा निःशुल्क एम्बुलेन्स सञ्चालनमा आएको छ। विभिन्न सामाजिक अभियान्ताहरूको पहलमा कोभिड-१९ संक्रमितलाई बोक्नेगरी एम्बुलेन्स सञ्चालनमा आएको हो। यसका लागि ॐ डेन्टल अस्पताल, पूर्वआईजीपी सर्वेन्द्र खनाल, हाम्रो नेपाल हामी नेपालीका संयोजक ज्ञानेन्द्र शाही, पाइलट विजय लामा, अभिनेता निखिल उप्रेतीलगायतले सहयोग गरेका छन्। एम्बुलेन्सका लागि ९८५१२७७३४२, ९८५१२३९४२ र ९८५१३१२४१७ मा सम्पर्क गर्न सकिनेछ।