नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीको नियमित सम्पर्क र समन्वयमा रही काम गर्न आफ्नो पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् ।नेपाली काँग्रेस कपिलवस्तुद्वारा नवनिर्वाचित जनप्रतिनिधिहरूको सम्मानका लागि बिहीबार बुद्धभूमि नगरपालिकामा आयोजित कार्यक्रममा सभापति पुनले पार्टीको समन्वयमा जनतामाझ गरेको प्रतिबद्धता अनुरूप काम गर्नुपर्ने बताए ।उनले स्थानीय सरकार जनताको घरदैलोको सरकार भएकाले जनतालाई परिवर्तन, विकास र सहयोगको अनुभूति हुने गरी सेवा