सरकारप्रति कांग्रेसमा दुई धार : विकल्प खोज्दै इतरपक्ष, निरन्तरतामा संस्थापनकाे अड्डी

काठमाडौं : सत्तारूढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा वर्तमान सरकारप्रति दुई धार देखिएको छ।कांग्रेसकाे एक धार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारकाे विकल्प खोज्नुपर्ने पक्षमा छ भने अर्को धार वर्तमान सरकारकै निरन्तरताको पक्षमा अड्डी कसेर बसेकाे छ। यिनै दुई धारका कारण कांग्रेस सत्तापक्षभित्र पनि कहिले एमालेभन्दा गरम प्रतिपक्ष त कहिले माओवादीभन्दा पनि नरम सत्तापक्षका रूपमा प्रस्तुत भएको देखिन्छ।कांग्रेसको एक धार सरकारको हरेक कामलाई समर्