हाजिर जमानीमा छुटेका अपूर्व क्षितिज सिंह फेरि प्रहरीको हिरासतमा

नेवा: समुदायको भावनामा आँच पु¥याएको आरोपमा पक्राउ परेर भदौ २२ मा छुटेका कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले फेरि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई सोमबार फेरी नियन्त्रणमा लिएर हिरासतमा राखेको हो ।उनीविरुद्ध ‘अभद्र व्यवहार’को मुद्दा चलिरहेको छ । कोरोना संक्रमण पुष्टि भएपछि हाजिर जमानीमा रिहा गरिएका सिंहलाई हिरासतमा लिनुको कारणबारे काठमाडौंका एसएसपी भरत बोहरा भन्छन्–‘हाजिर जमानीमा छाडेका थियौं, पुरानै मुद्दाको निरन्तरता हो ।’ 

सम्बन्धित सामग्री

सबै नेपालीको वाक स्वतन्त्रताको लागि यो केस जित्न जरुरी छ- अपूर्व क्षितिज सिंह

काठमाडौं : नेवारी समूदायको आस्थामाथि ठेस पुर्याएको आरोपमा पक्राउ परेका स्ट्याण्ड अप कमेडियन अपूर्व क्षितिज सिंहले सबै नेपालीको वाक स्वतन्त्रताको लागि यो केस जित्नुपर्ने बताएका छन्।बिहिबार साँझ साढे २ लाख धरौटीमा छुटेकाअपूर्वले आफ्नो सामाजिक सञ्जाल मार्फत सो कुरा उनले बताएका हुन्। नेपालमा कमेडीयनको एउटा प्रस्तुतिकै आधारमा जेल परेको पहिलो घटना भएको भन्दै यो केसको गम्भिरता सबैले बुझ्न आवश्यक रहेको उनले बताएका छन्। उनले लेखेका छन्, 'यो केस हारियो भने जसले जसलाई पनि मुद्दा हाल्न पाउँछ, कसैले

धरौटीमा छुटे कमेडियन अपूर्व

नेवाः संस्कृतिमाथि मजाक गरेको आरोपमा ‘स्ट्यान्ड अप कमेडियन’ अपूर्व क्षितिज सिंह दुई लाख पचास हजार धरैटीमा हिरासत मुक्त भएका छन्। उनी गत सोमबारदेखि प्रहरी हिरासतमा थिए।  जिल्ला अदालत काठमाडौंबाट बिहीबार अपुर्व...

अपूर्वलाई पुनः पक्राउ गरेर सरकारले ज्यादती गरेको भन्दै विरोध

काठमाडौं । स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंह पुनः पक्राउ परेपछि यसको चौतर्फी विरोध सुरु भएको छ । सरकारी वकिलको कार्यालयले काठमाडौं जिल्ला अदालतमा बुधबार चार अलग-अलग मुद्दा दायर गरेपछि दलका नेताहरुसमेत यसविरुद्ध बोल्न थालेका छन् । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हास्य कलाकार सिंहमाथि ज्यादती भएको बताउँदै यसलाई समाजमा सद्भाव कमजोर भएको घटनाको रुपमा […]

जमानीमा छाडिए अपूर्व

कमेडियन अपूर्व क्षितिज सिंह हाजिरी जमानीमा रिहा भएका छन् । सरकारी वकिल कार्यालयको रायका आधारमा प्रहरीले उनलाई आज हाजिर जमानीमा रिहा गरेको हो ।  कोराना संक्रमणपछि हाजिर गराउने गरी रिहा गरिएको सरकारी...

कमेडियन अपूर्व क्षितिज सिंह तारेखमा रिहा

काठमाडौं : कमेडियन अपूर्व क्षितिज सिंहलाई तारेखमा रिहा गरिएको छ। भदौ १२ गतेदेखि थुनामा रहेका अपूर्वलाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि तारेखमा रिहा गरेको हो। स्ट्यण्ड अप कमेडीमा नेवाः समुदायको भावनामा आँच पुर्‍याएको आरोपमा उजुरी परेपछि अपूर्वलाई प्रहरीले समातेको थियो। कोरोना भाइरसबाट संक्रमित अपूर्व उपचारपछि  फेरि उपस्थित हुने गरी रिहा भएका हुन्। १२ गते समातिएका अपूर्वलाई अनुसन्धानका लागि शुरुमा १० दिन र गत बुधबार थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अ

हिरासतमा रहेका कमेडियन अपूर्व अस्पताल भर्ना

२२ भदौ, काठमाडौं । नेवाः समुदायको भावनामा आँच पुर्‍याएको अभियोग लागेका कमेडियन अपूर्व क्षितिज सिंह वीर अस्पताल भर्ना भएका छन् । जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिएका अपूर्वलाई उपचारका लागि भन्दै प्रहरीले अस्पताल भर्ना गराएको हो । मंगलबारै प्रहरीले उनलाई अस्पताल भर्ना गरेपनि यो विषय सार्वजनिक गरिएको थिएन । बुधबार अपूर्वलाई थप पाँच दिन हिरासतमा […]

कमेडियन अपूर्व क्षितिज सिंह पक्राउ

काठमाडौँ – रियालिटी सो स्ट्यान्डअप कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पक्राउ गरेको छ । निश्चित एक जातीय समूहको कला, संस्कृति, लजवलाई लिएर अपमानजनक रुपमा व्यंग्य गरेको भन्दै सिंहलाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता डीएसपी दिनेश मैनालीले जानकारी दिए। केही समयअघि सिंहले युट्युब च्यानल कमेडी क्याफेमा राखेको भिडियोमा नेवार समुदायको कला, संस्कृति र लवजमाथि व्यंग्य […]

स्यान्ड अप कमेडियन अपूर्व सिंह प्रहरी कार्यालयमा

काठमाडौं : स्ट्यान्ड अप कमेडियन अपूर्व क्षितिज सिंह प्रहरी सम्पर्कमा पुगेका छन्। आज बिहानै उनी प्रहरी परिसर काठमाडौंमा पुगेका हुन्। उनले कमेडीमा नेवार समुदायलाई अपहेलना गर्ने गरि प्रस्तुति दिएको भन्दै प्रहरीमा शनिवार उजुरी परेको थियो। प्रहरीले दुवै पक्षलाई आइतबार छलफलको लागि बोलाएको थियो। उनको कमेडीको आलोचना भएपछि फेसबुक मार्फत आफूले जातीय रुपमा गलत…