जिल्ला प्रहरी कार्यालय लमजुङले जिल्लामा सञ्चालनमा रहेको ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । उक्त अभियान अन्तर्गत प्रहरीले विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेपछि समुदायमा हुने आपराधिक घटना तथा सामाजिक विकृति नियन्त्रणमा स्थानीय नागरिक अग्रसर हुन थालेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । उनले भने, ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रम निकै फलदायी भएको छ, समाजमा हुने आपराधिक क्रियाकलापमा पनि निकै कमी