काठमाण्डाै – काठमाण्डौको बूढानीलकण्ठ नगरपालिकामा रहेको चपली सबस्टेशनको एउटा पावर ट्रान्सफर्मर जल्दा आज बुधवार बिहानैदेखि बिजुली प्रवाह बन्द भएको छ ।
सबस्टेशनमा रहेका १०/१० एमभीए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटा आज बिहान ५ बजे जल्दा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानीलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा बिजुली आपूर्तिमा समस्या भएको छ ।
चपली सबस्टेशन सञ्चालनमा नआउञ्जेल बालाजु र चाबहिल लाइनको बिजुली ल्याएर ८० प्रतिशत क्षेत्रमा वितरण गरिएको र २० प्रतिशत ठाउँमा बिहानैदेखि बिजुली नभएको महाराज...