काठमाडौं : सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यतिखेर नयाँ पाठ्यपुस्तक छापिरहेको छ। लिमिटेडका अनुसार हालसम्म एक करोड ५५ लाख थान नयाँ पुस्तक छापि सकिएको छ भने ४५ लाख थान अझै छाप्न बाँकी छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी जेठ १ बाट पठनपाठन थाल्नू भनिसकेको छ। नयाँ शैक्षिक सत्र नजिकिँदै गर्दा समयमै पुस्तक छापेर विद्यालयमा पठाइसक्नुपर्ने दबाब लिमिटेडलाई छ।यही बेला निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मतपत्र छाप्ने जिम्मा जनक शिक्षालाई नै दिएको छ। त्य