सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरिएको सुविधा सम्पन्न सभाहल स्थानीय वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । दुई चरणमा निर्माण योजना रहेको सभाहल पहिलो चरणको काम सकिएसँगै हस्तान्तरण भएको हो ।बिहीबार शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सभाहल उद्घाटन गर्दै नगरपालिका प्रमुख देवकुमार सुवेदीलाई हस्तान्तरण गरेकी हुन् । सभाहलको पहिलो चरणको निर्माण कार्य सम्पन्न भए पनि दोस्रो चरणको योजना तथा डीपीआरसमेत तयार भएको छैन ।भवन शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण