विराटनगर–इटहरी–धरान खण्डको छ लेन सडक निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । विराटनगरको रानी खण्डको तीन किलोमिटर सडक भासिएर भत्किन थालेका हो । ‘अस्पाल्ट’ प्रविधिको कालोपत्र भनिएपनि सडक भत्किन थालेपछि विराटनगरको रानी सडक खण्डमा अहिले एकतर्फी सवारी आवागमन हुँदै आएको छ ।छ लेन सडक निर्माणको काम १७ वटा खण्डमा वर्गीकरण गरी विभिन्न ठेकेदार कम्पनीले सडक विस्तारका काम गदै आएका छन् । रानीदेखि धरानसम्मको सडक बिस्तारको काम उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजनाले गर्दै आए