यो वर्षको बजेट र मौद्रिक नीतिमा ६.५ प्रतिशतभित्र मुद्रास्फीति कायम गर्ने सरकारको लक्ष्यविपरीत चौतर्फी महँगी बढेको छ । चालु आर्थिक वर्षको सुरुदेखि नै महँगीले सर्वसाधारणको ढाड सेकिरहेको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको भदौ महिनाको तथ्यांकअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ८.१९ प्रतिशत छ । गत साउनमा समग्र महँगी ७.५२ प्रतिशत पुगेको थियो । राष्ट्र […]
‘तरकारीदेखि किराना पसलमा सर्वसाधारणहरू महँगी बढेको गुनासो गरिरहेका हुन्छन्,' बानियाँ भन्छन्, 'तर, सरकार, संसदले जनताको आवाज सुन्दैन । सरकार संसद भएपो सुन्नु । सरकार नै व्यापारीसँग मिलेर घोटाला गर्छ ।’
महँगी निरन्तर बढिरहन दिने हो भने समाजमा यसैले विद्रोहको स्थिति निम्त्याउन सक्छ। सर्वसाधारणको जीवन कठिन हुँदै गएपछि निश्चितरूपमा तिनलाई विद्रोह गर्ने अवस्थामा पुर्याउँछ।...
दिन–प्रतिदिन आकासिंदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहे पनि सरकारले यसलाई नजरअन्दाज गरिरहेको छ । स्वाभाविक सीमाभन्दा बढी मूल्यवृद्धि हुन नदिने सरकारको न्यूनतम दायित्व हो । तर सरकार आफ्नो दायित्व पालनाप्रति उदासीन रहेको सर्वसाधारण जनताले दैनिक रुपमा अनुभूति गरिरहेका छन् । इन्धनको मूल्य वृद्धि सँंगसँंगै दैनिक उपभोग्य वस्तुको समेत मूल्यवृद्धि हुँदै गएपछि सर्वसाधारणको जनजीवन कष्टकर बनेको […]
कैलाली । पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा भइरहेको महँगीले नेपाली जनता आक्रान्त बनेका छन् । महँगी नियन्त्रण गर्न अहिले सबैले आ–आफ्नो क्षेत्रबाट दबाब दिइरहेका छन् । यसैबिच गायक तथा सङ्गीतकार रामप्रसाद अवस्थीले आफ्नो सङ्गीत मार्फत सरकारलाई व्यङ्ग गरेका छन् । उनले सार्वजनिक गरेको ‘ढाड सेक्ने महँगी’ले वर्तमान अवस्था उजागर गरेको छ । आफ्नै शब्द, […]
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले इन्धनमा गरिएको मूल्यवृद्धिले सबैतिर महँगी बढ्ने बताएका छन् । अचाक्ली महँगीले जनता मर्कामा पर्ने उनले उल्लेख गरेका छन् । बुधबार बिहान ट्विट गर्दै उनले मूल्यवृद्धि नियन्त्रणमा ध्यान नदिइनु विडम्बनापूर्ण भएको पनि बताएका छन् । राजनीतिक दल र नेता सत्ता र गठबन्धनको अङ्कगणितमा लिप्त […]
८ असार, काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेताहरु सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन् । गठबन्धनको खेलमा लाग्ने तर अर्थतन्त्र र मूल्यवृद्धिको गणितमा अनिच्छुक रहने विडम्बनापूर्ण रहेको उनको भनाइ छ । ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको […]
काठमाडौं, जेठ १३ । दैनिक प्रयोगमा आउने हरेक वस्तुको चर्को मूल्यवृद्धिले दिनदिनै उपभोक्ताको ढाड सेक्दै छ । पछिल्लो समय दाल, चामल, फलफूल, हरियो सागसब्जी, अण्डा, माछामासु, खानेतेललगायत हरेक वस्तुको मूल्य अत्यधिक बढेको छ । युक्रेनमाथि रूसको आक्रमण, आयात घटाउने सरकारी नीति र अन्तरराष्ट्रिय बजारमा भइरहेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिजस्ता कारणले बजारमा महँगी चुलिएको जानकारहरू बताउँछन् । […]
चालू आर्थिक वर्षको ९ महिने अवधिमा सबै उपभोग्य वस्तुको मूल्य बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि चैतसम्मको अधिकांश उपभोग्य वस्तुको मूल्य उच्चदरमा बढेको हो । यस अवधिमा नेपालको समग्र मुद्रास्फीति (महँगी) ७.२८ प्रतिशत छ । जुन, गत आर्थिक वर्षको सोही अवधिमा ३.१० प्रतिशतमा सिमित थियो । केन्द्रीय बैंकका अनुसार यो वर्ष सबैजसो खाद्य वस्तुको मूल्य उकालो लागेको छ भने खानेतेल, दाल, गेडागुडी, अण्डा, मासु, पेयपदार्थ लगायतको मूल्य समेत बढिरहेको छ ।यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद