रुसले युक्रेनमा युद्ध गरेको एक सय दिन पुगेको छ । युक्रेनलाई निशस्त्रीकरण गर्ने र नाजी सोचबाट मुक्त गर्ने भन्दै २४ फेब्रुवरीमा रुसले युक्रेनमाथि हमला सुरु गरेको थियो । यसबीचमा रुसले महत्वपूर्ण सहर मारिओपोललाई कब्जा गरेको दाबी गरेको छ । रुसले राजधानी किभलगायतका महत्वपूर्ण क्षेत्रमा हमला गरे पनि युक्रेनी सेनाको सशक्त प्रतिकारका कारण पछि हटेको बताइएको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनलाई अमेरिकालगायतका पश्चिमा देशहरुले अत्याधुनिक हतियार उपलब्ध गराउँदै आएका छन् । अमेरिकाले युक्रेनलाई हालसालै