राष्ट्रसंघको अन्तर्राष्ट्रिय न्यायालय (आइसीजे) ले रुसलाई युक्रेनमाथि भइरहेको हमला तत्काल रोक्न आदेश दिएको छ। युद्धका लागि रुसी प्रशासन क्रेमलिनको औचित्यलाई समर्थन गर्ने कुनै प्रमाण नदेखेको अदालतले जनाएको छ। त्यस्तै युक्रेनले देशको पूर्वी भागमा रुसी भाषीविरुद्ध नरसंहार गरेको पनि अदालतले जनाएको छ। अदालतका १५ जनामध्ये १३ न्यायाधीशहरुले युक्रेनमा २४ फेब्रुवरीदेखि भइरहेको सैन्य कारबाही रोक्न भनेका छन्। […]