सिमकोट – आइतबारदेखि परेको अविरल वर्षाका कारण अवरुद्ध कालिकोट खण्डको कर्णाली राजमार्ग खुलेको छ। सरोकारवाला निकायको समन्वयमा सडक मर्मत गरेपछि बन्द रहेको राजमार्ग खुलेको हो। कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कालिकोट पिलीमा पहिरोले अवरुद्ध सडक सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी, सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय तहको समन्वयमा सडक मर्मत गरिएको जानकारी दिए। सडकमा […]