सिमकोट – प्रथम पटक कर्णाली करिडोर हाफ म्याराथन प्रतियोगिता हुने भएको छ। सर्केगार्ड गाउँपालिकाको रोयल गौरीसाँया युवा क्लब र रुफर संस्थाको संयुुक्त आयोजनाका हाफ म्याराथन प्रतियोगिता हुन लागेको हो। प्रथम कर्णाली करिडोर हाफ म्याराथन २०८० आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सञ्चालन गरिनेछ। कर्णाली नदी किनारमा पर्ने सलीसल्लाबाट सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डसम्मको सात किमि […]