दाङ - आइतवार भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि दाङको चार मतदान स्थलमा महिला कर्मचारीहरु मात्रै खटिने भएका छन् । चार मतदान स्थलमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सहयोगी र सुरक्षाकर्मी पनि सबै महिला नै खटिने भएका हुन् । मतदान अधिकृतदेखि सहयोगीसम्म महिला मात्रैलाई जिम्मेवारी दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
घोराही उपमहानगरपालिका–१८ मा रहेकाे आधारभूत विद्यालय बेलघारीको मतदान केन्द्र (क), त्यही विद्यालयको केन्द्र (ख), घोराह...