काठमाण्डाै - भारतीय ब्याट्सम्यान विराट कोहलीले भारतको टेस्ट टिमको कप्तानी छाडेका छन् ।
हिजो सामाजिक सञ्जालबाट उनले टेस्ट टिमको कप्तानी पद छाडेको बताएका हुन् ।
कोहलीले यसअघि टी–२० एक दिवसीयको कप्तानी छाडेका थिए ।
सन् २०१४ मा महेन्द्रसिंह धोनीले छाडेपछि कोहलीले भारतीय टेस्ट टोलीको नेतृत्व गर्दै आएका थिए ।
कोहलीको कप्तानीमा भारतले कुल ६८ टेस्ट क्रिकेट खेलेको छ । जसमा ४० मा जित, १७ मा पराजित र ११ खेलमा बराबरी भएको छ ।
उनले ६८ खेलमा २० शतक प्रहार गरेका छन् । उनी सफल कप्तान समेत हुन् ।