म्याग्दी - म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटमा पहिराेले खानेपानीको मुहान र पाइप लाइन बगाएपछि १५ दिनदेखि खानेपानीको हाहाकार भएको छ । गएको असार १७ गते मरुवा, उपल्लो खन्ना र बाङ्खे छहरोमा गएको बाढी तथा पहिराले मुहान र पाइप लाइन बगाइदिएपछि यहाँका २ सय ८ घर परिवारलाई खानेपानीको समस्या भएको हो ।
गाउँमा रहेका २८ वटा धारामा पानी नआएपछि यहाँका बासिन्दा कुवा र म्याग्दी नदीको धमिलो पानी उमालेर पिउन बाध्य भएका बेनी नगरपालिका–२ बगरफाँटका टेकबहादुर कार्कीले बताउनुभयो । दुई सय १४ घरधुरी रहेको बगरफ...