एजेन्सी। कोरोना भाइरसले निरन्तर रुप फेरिरहेकाले मास्क लगाउने र सामाजिक दूरी कायम राख्नुपर्ने एम्सका डाइरेक्टर डा. रणदीप गुलेरियाले बताएका छन्। उनी भन्छन्, "भाइरस निरन्तर म्युटेट(रुप बदलिरहने) भइरहेको छ। यस्तोमा भ्याक्सिनले कति असर गर्छ भनेर भन्न सकिन्न।" सबैलाई सचेत र सतर्क रहन आग्रह गरेका छन्। सबैभन्दा सुरक्षित कुरा भनेको मास्क नछाड्नु र सामाजिक दूरी कायम राख्नु नै रहेको उनको भनाइ छ।