महोत्तरी – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने बताउनुभएको छ । आज आइतवार मिटर ब्याज विरुद्ध सङ्घर्ष समितिको ज्ञापन पत्र बुझ्दै मुख्यमन्त्री राउतले पीडितको पक्षमा प्रदेश सरकार गम्भीर रहेको उल्लेख गर्दै मिटर ब्याजी विरुद्ध कडा कदम चाल्ने आश्वासन दिनुभएको हो ।
मिटर ब्याज सरकारका लागि ठूलो चुनौती बन्दै गएको बताउँदै मुख्यमन्त्री राउतले समाजको विकृतिको रूपमा रहेका मिटर ब्याजीहरूलाई कानुनको दायराभित्र ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी तप...