विकासको दृष्टिले पछि परेको सुदूरपश्चिम प्रदेशका विभिन्न क्षेत्रका उम्मेदवारहरुको नारा विगतदेखिकै एउटै रहँदै आएको छ । अहिले उम्मेदवारहरु तिनै नारा लिएर मतदाताका घरदैलोमा पुगिरहेका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ मा सत्ता–गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)बाट उम्मेदवारले प्रस्तावित दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माणको विषय चुनावी ‘एजेण्डा’ बनाइरहेका छन् । विसं २०७४ को …