सूचक प्रकाशनको १५औँ वार्षिकोत्सव तथा सूचक सम्मान समर्पण समारोहमा बनेपामा शनिबार काभ्रेका विभिन्न विधाका पाँच व्यक्तिलाई सम्मान गरिएको छ । कार्यक्रममा वरिष्ठ साहित्यकार मोहन दुवालकासाथ साहित्कारद्वय हरि मञ्जुश्री र धु्रव मधिकर्मी, समाजसेवी शङ्कर खड्का र पत्रकार भगवती तिमल्सिनालाई कदरपत्रद्वारा सम्मान गरिएको हो ।सो अवसरमा प्रज्ञा प्रतिष्ठानका सदस्य प्रा दिनेशराज पन्तले सम्मान गर्दै सूचक प्रकाशनले थालनी गरेको सूचक सम्मानबाट सम्मानित व्यक्तित्वलाई काभ्रेपलाञ्चोकको उर्बर क्षेत्रमा सम्मान गरेकामा