चीनले ८८ ओटा भिडियो गेमलाई दियो अनुमति

पेचिङ (चीन) । चीनले यो वर्ष पहिलो चरणमा ८८ ओटा भिडियो गेमलाई अनुमति दिएको छ । नियामकहरूले अनुमति दिएका भिडियो गेममा विश्वको सबैभन्दा ठूलो भिडियो गेम निर्माता कम्पनी टेन्सेन्टसहित, नेटइज, मिहोयो आदि भिडियो गेम छन् । यसलाई आर्थिक वृदिदर सुस्त भएपछि नियामकहरूले भिडियो गेम उद्योगमाथि बढाएको दबाब अलि कम गर्न खोजेको संकेतका रूपमा हेरिएको छ ।  चीनमा भिडियो गेमलाई लाइसेन्स दिने निकाय नेशनल प्रेस एन्ड पब्लिकेशन एड्मिन्ष्ट्रेशन (एनपीपीए)ले मंगलबार ८८ ओटा भिडियो गेमलाई लाइसेन्स दिएको छ । गएको वर्ष कुनै पनि महीनामा चीनले यति धेरै संख्यामा भिडियो गेमलाई अनुमति दिएको थिएन । टेनसेन्टले अनडन, लाइट–स्पिड स्टुडियोज र अल्केमी स्टार गरेर तीन गेमको लाइसेन्स पाएको छ । कम्पनीले मोबाइल गेम युआन मङ चि सिङका लागि पनि लाइसेन्स पाएको छ ।  चीनको दोस्रो ठूलो भिडियो गेम निर्माता कम्पनी नेटइजले भने ब्याडल्यान्डर्स नाम गरेको शुटिङ गेमको लागि अनुमति पाएको छ । कम्पनीले यो गेम सीमापार बजारमा स्ट्रिम गरिसकेको छ । चीनमा मात्रै अनुमति पाउन बाँकी थियो । ठूला कम्पनीहरूले पहिलाको भन्दा धेरै लाइसेन्स पाइरहेका छन् । पक्कै पनि विगत केही वर्षदेखिको कठोर नियमनको नतिजा हासिल भएकोले यसो गरिएको अनुमान आईआईमिडिया रिसर्चका प्रमुख कार्यकारी नाङ यी बताउँछन् ।  शाङ्हाईस्थित गेम निर्माता मिहोयोले मोबाइल र कम्प्युटर दुवैमा कम्पनीको बहुप्रतिक्षित होन्काई सिरिजको गेम होन्काईः स्टार रेल पनि सार्वजनिक गर्ने अनुमति पाएको छ । चिनियाँ नियामकहरूले आठ महीनासम्म भिडियो गेमको लाइसेन्स रोक्का गरेर जुनमा अनुमति दिन शुरु गरेयता मिहोयोले अनुमति पाएको यो दोस्रो पटक हो ।  चीनमा लुनार नयाँ वर्षको सार्वजनिक बिदा शुरु हुनुअघि यो अनुमति दिइएको छ । नियामकहरूले भिडियो गेम उद्योगमा कडाई गर्दै लाइसेन्स जारी रोक्का गरेको थियो भने अनलाइन कन्टेन्ट र साना बालबालिकाहरूका लागि भिडियो गेममा कठोर प्रतिबन्ध लगाएको थियो । सन् २०२२ भर चीनले जम्मा ५१२ ओटा गेमलाई अनुमति दियो । यसमा ४६८ ओटा विदेशी र ४४ ओटा आयातित गेम थियो । यो  २०२१ को दुई तिहाई मात्रै थियो ।  गएको वर्ष टेन्सेनट र नेटइजले जम्मा ८ र ५ ओटा मात्रै गेमको लागि अनुमति पाएका थिए । गएको वर्षको दुवै कम्पनीको बजार पूँजीकरणमा उच्च कमी आयो । नियामक कडाईकै कारण गएको वर्ष चीनको भिडियो गेम उद्योगको विक्री २० वर्षमा पहिलो पटक सुस्तायो । सन् २०२२ मा चीनमा २ खर्ब ६९ अर्ब ५० करोड युआन (३९ अर्ब ८० करोड डलर) बराबरको भिडियो गेम विक्री भयो । यो सन् २०२१ को तुलनामा १० प्रतिशत कम हो । विक्रीको यो आकार सन् २००३ यताकै कम थियो । गेमको संख्या पनि शून्य दशमलव ३३ प्रतिशतले घटेर ६६ करोड ४० लाखमा आयो । चीनको गेम निर्यात पनि १४ प्रतिशतले घटेर १ खर्ब ४४ अर्ब ० करोड युआनमा झरेको थियो । एजेन्सी

सम्बन्धित सामग्री

बेलायती हतियार स्टोर्म स्याडो, जसले युक्रेनलाई युद्ध जिताउन मद्दत गर्न सक्छ

गत मे ११ का दिन बेलायती सरकारले युक्रेनलाई आफूहरूले स्टोर्म स्याडो क्षेप्यास्त्र सहयोग गरेको जानकारी दियो । तर कति मात्रामा उक्त हतियार प्रदान गरियो भनेर खुलाइएको छैन ।

‘छक्कापञ्जा ४’ टिकटकमा लिक भएपछि ओएसआरले दियो साइबर ब्युरोमा उजुरी

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’का भिडियो क्लिप्स टिकटकमा सार्वजनिक हुन थालेपछि फिल्मको डिजिटल अधिकार किनेको कम्पनी ओएसआरले आइतबार प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको छ । ब्युरोका प्रवक्ता पशुपतिकुमार रायका अनुसार ओएसआरले त्यस्ता क्लिप्स पोस्ट गर्नेको पहिचान खुलाइदिन र हटाइपाऊँ भन्दै निवेदन दिएको हो । ओएसआरका ओम अग्रवालले आफूहरुले महंगो मूल्यमा फिल्म किनेका कारण जसरी भएपनि […]

घुस मागेको कल रेकर्ड र लिँदै गर्दाको भिडियो हुँदा पनि विशेष अदालतले दियो सफाइ

राष्ट्रसेवक कर्मचारीले नियतवश काममा ढिलाई गरी वा नहुने कामलाई घुस माग गरेमा त्यस्ता कर्मचारीमाथि निगरानी राखी प्रमाणसहित पक्राउ गरी मुद्दा चलाउने अधिकारप्राप्त निकाय हो– अख्तियार दुरुपयोग अनुसन्धान आयोग ।राष्ट्रसेवक कर्मचारीले घुस माग गरेको अडियो रेकर्ड, घुस लेनदेन गरेको भिडियो र रङ्गेहात पक्राउ परेका प्रतिवादीलाई पूर्ण प्रमाणसहित विशेष अदालतमा मुद्दा दायर गरे पनि त्यस्ता प्रतिवादीलाई धमाधम सफाइ दिन थालिएको छ । विशेष अदालतले केही समयअगाडि गरेको एक फैसलामा कल रेकर्ड र भिडियो प्रमाणबाट भ्रष्

आरोपितलाई बलात्कारी ठहर गर्ने अधिकार मिडियालाई कसले दियो ?

‘ठग्यो जीन्दगीले ….कहाँदेखि कहाँसम्म लग्यो जीन्दगीले…।’ पछिल्लो समय टिकटकमा भाइरल भएको गीत हो यो । जहाँ नेपाली क्रिकेटर सन्दीप लामिछानेको फोटोे र भिडियो राखेर धेरै टिकटक बनाइएका छन् । अकाउन्ट जो सुकैको भए पनि अहिले सन्दीपको फोटो राखेर यो गीतमा धेरै टिकटक बनाएका छन्। अरु सामाजिक सन्जालमा पनि यस्तै फोटो र भिडियो भाइरल भएका छन्। […]

भारतीय स्थल सेनाध्यक्षमा मनोज पाण्डे, नेपाली सेनाले दियो बधाई

भारतीय स्थल सेनाध्यक्षमा जनरल मनोज पाण्डे नियुक्त भएका छन् । हालै सेनाध्यक्षमा नियुक्ति भएका उनलाई नेपाली सेनाले बधाई दिएको छ ।बुधबार प्रधानसेनापति प्रभुराम शर्माले भिडियो कन्फरेन्स मार्फत उनलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । शर्माले उक्त भिडियो कन्फरेन्सको दौरान नेपाली सेना र भारतीय सेनाबीच रहँदै आएको परम्परागत विशिष्ट सम्बन्ध र आपसी सहयोग, उनको कार्यकालमा अझ उचाईमा पुग्ने विश्वास व्यक्त गरेको नेपाली सेनाले जनाएको छ ।साथै, उक्त अवसरमा भारतीय थल सेनाध्यक्ष

माओवादी द्वन्द्वले दिएको पीडाबारे प्रकाश सपूतको गीत लोकप्रीय (भिडियोसहित)

काठमाडौं, २८ फागुन । प्रकाश सपूतको पीडा दियो बोलको गीत यतिबेला लोकप्रीय भएको छ । युट्युबमा राखेको केही घन्टामै भिडियो एक लाख भन्दा बढीले हेरिसकेका छन् । माओवादी द्वन्द्वमा प्रत्यक्ष सहभागी लडाकुको पीडादायक जीवनलाई कथा बनाएर म्युजिक भिडियो बनाइएको छ । म्युजिक भिडियोमा प्रकाश सपूत, सुरक्षा पन्त, सम्झना भण्डारी, केशव पुनलगायतले अभिनय गरेका छन् ।

रुसले हमलामा तीब्रता दियो, युक्रेनको राजधानीमा श्रृङ्खलाबद्ध बिस्फोट

युक्रेनको राजधानी किभ र अन्य शहरमा बिहिबार बिहानै बिस्फोटको आवाज सुनिएको छ ।स्थानीय समयानुसार बिहान करिब तीन बजे एकपछि अर्को गर्दै चारवटा विस्फोटको आवाज सुनियो । यो बिस्फोट यति तेज थियो कि रातीको अँध्यारोमा केही पलमा लागि प्रकाश छाएको थियो ।सोसल मिडियामा योसँग सम्बन्धित थुप्रै भिडियो र फोटो अपलोड गरिएका छन् ।यद्यपि, अहिलेसम्म यी हमलाको लक्ष्य के थिए र यो हमलामा कतिजना हताहत भएका छन् र कतिजनाको मृत्यु भएको छ भन्नेबारे स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन ।यो बिस्फोटको केही घण्टा अघि किभको स

‘थोपडाले धोका दियो बरिलै’ [भिडियोसहित]

गायक भागिरथ चलाउनेको तीज गीत ‘थोपडाले धोका दियो बरिलै’ले अहिले सांगीतिक बजारमा चर्चा कमाएको छ ।  चलाउनेले आफ्नै युट्युबमार्फत सार्वजनिक गरेको गीत ट्रेन्डिङमा समेत पर्न सफल भएको छ । गीतमा चलाउनेसँगै सुनिता बूढाक्षेत्रीको पनि स्वर छ ।  प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको यस गीतमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेको अभिनय छ ।  गीतमा रामु पोर्थेलको शब्द, संगीत छ । विष्णु शर्माले सम्पादन गरेको भिडियो साई भिजन प्रालिको ब्यानरमा निर्माण भएको हो ।

प्रेमीसँग कुरा गरेको भन्दै तालिबानले युवतीलाई दियो ४० कोर्राको सजाय (भिडियो)

अफगानिस्तानको हेरातमा आफ्ना प्रेमीसँग फोनमा कुराकानी गरेको आरोपमा एक युवतीलाई तालिबानले कोर्रा हानेर सजाय दिएको छ ।  युवतीलाई चौबाटोमा मान्छेको भीड जम्मा पारेर ४० पटक कोर्रा हानिएको थियो । उनीमाथि कोर्रा बर्साइँदा अरू चाहिँ भिडियो बनाएर बसेका थिए । युवतीले फोनमा प्रेमीसँग कुरा गरेको थाहा पाएर कसैले उजुरी गरेका थिए । शुरूमा मानिसहरूले उनलाई बेस्सरी गाली गरे अनि तालिबानकहाँ लगे । मौलानाले त्यसपछि कोर्रा हान्ने सजाय दिए ।  कोर्रा खाँदै गर्दा युवती माफी पनि मागिरहेकी थिइन् । उनी रोइरहेकी थिइन् ।...