दार्चुलाका छ स्थानीय तहको पहुँचमा छैन पक्की सडक

दार्चुलाका नौ स्थानीय तह मध्ये छवटा स्थानीय तहको पहुँचमा पक्की सडक पुगेको छैन । महाकाली लोकमार्गले छोएका शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका र महाकाली नगरपालिका बाहेकका पालिकामा हालसम्म पक्की सडकको पहुँच छैन । मार्मा, दुहुँ र नौगाड गाउँपालिका जोड्ने सडकहरु कालोपत्रे गर्ने तयारीमा छ । नेपाल सरकारले दुई वर्ष भित्र हरेक स्थानीय तहको केन्द्रलाई प्रदेशको राजधानीसँग पक्की सडकले जोड्ने लक्ष्य लिएको छ । तर, दार्चुलाको दुर्गम स्थानीय तह अपि हिमाल गाउँपालिकाको केन्द्रसम्म अहिले पनि कच्ची सडकमार्गको विस्तार समेत भएको छैन । अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म मात्रै सडकको ट्रयाक खुलाइएको छ । अहिलेसम्म दार्चुलाको ठूलो भूगोल राष्ट्रिय सडक सञ्जालमा जोडिएको छैन । भगौलिक कठिनाइले कतिपय स्थानीय तहका विभिन्न वडाहरुसम्म सडक पु¥र्याउनु चुनौतीपूर्ण छ । कतिपय स्थानीय तहका केन्द्र जिल्ला सदरमुकामबाट धेरै टाढा छन् । राम्रोसँग ट्रयाक समेत नखुलेको अवस्थामा तुरुन्तै पक्की सडक बनाउन सम्भव हुने अवस्था नरहेको लेकम गाउँपालिका उपाध्यक्ष माधबी जोशीले बताउनुभयो । यद्धपि देश संघीयतामा गएसँगै सहरदेखि दुर्गम क्षेत्रसम्म सडक निर्माणले तीब्रता पाएको छ । दार्चुलाका ६१ मध्ये हालसम्म ४४ वडालाई सडकमार्गले जोडेको छ । १७ वडा सडकमार्गबाट पूर्णरुपमा बञ्चित रहेका छन् । अहिलेकै गतिमा काम हुने हो भने, अपिहिमाल गाउँपालिकाका सबै वडासम्म सडक पु¥याउन वर्षौ लाग्नसक्ने स्थानीय जनक ठेकरेले बताउनुभयो । दार्चुलाको शैल्यशिखर नगरपालिका र दुहुँ गाउँपालिकाका सबै वडालाई सडकमार्गले छोएको छ । दार्चुला सदरमुकाममा अवस्थित महाकाली नगरपालिकाका नौ वडा मध्ये वडा नम्बर ३ बाहेकका आठवटा वडा सडकमार्गमा जोडिएका छन् । मालिकार्जुन गाउँपालिकाका आठ वटा वडामध्ये छ वडालाई सडकले छोएको छ । सडकमार्गबाट बञ्चित वडा नम्बर ५ र वडा नम्बर २ लाई जोड्ने सडक निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका अध्यक्ष नरेन्द्रसिंह धामीले बताउनुभयो । लेकम गाउँपालिकाको छ वटा वडामध्ये वडा नम्बर २ र ३ मा यातायात पुगेको छैन । वडा नम्बर ६, ५, ४ र १ मा सडक विस्तार भइसकेको छ । नौगाड गाउँपालिकाका छ वटा वडामध्ये पाँच वडामा सडक पुगेको छ । वडा नम्बर १ इयरकोटसम्म सडक विस्तारको काम भइरहेको छ । व्यास गाउँपालिकाका छ वडामध्ये चार वडामा सडक पुगेको छ । वडा नम्बर १ र २ बाहेकका चार वडामा सडक विस्तार भइसकेको गाउँपालिका अध्यक्ष दीलिपसिंह बुढाथोकीले बताउनुभयो । व्यासको सडक पुग्न बाँकी दुर्गम क्षेत्र वडा नम्बर १ र २ लाई जोड्ने गरी महाकाली करिडोर अन्तरगत दार्चुला तिकंर सडक निर्माणाधिन अ

सम्बन्धित सामग्री

६ महिनामा देशभरि थपियो ११७ किलोमिटर मात्र पक्की सडक

२४ फागुन, काठमाडौं । नेपालमा आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनाको अवधिमा ११७ किलोमिटर मात्र पक्की सडक थप भएको छ । सरकारको तथ्यांक अनुसार साउनदेखि पुस मसान्तसम्म ९३ किलोमिटर दुई लेन कालोपत्रे सडक थप भएको छ । यस अवधिमा २४ किलोमिटर चार लेन सडक कालोपत्रे भएको छ । जसबाट कुल ११ठ किलोमिटर सडक मात्र […]

पक्की सडक बन्ने भएपछि नेपालगञ्जवासी हर्षित

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिकाको भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा पक्की सडक बन्ने भएपछि स्थानीयवासी हर्षित भएका छन् । भारतसँग जोडिएको नेपालगञ्जको वडा नं १५ पिप्रहवा र वडा नं १६ जयसपुरमा हालसम्म पक्की सडक निर्माण भएको छैन । उपमहानगरपालिकाले जमुनाह र जयसपुरगाउँमा पक्की सडक निर्माणको काम सुरु गरेपछि खुसी लागेको स्थानीय कैलाश यादवले बताए । “हाम्रो वडाका भित्री […]

पाँच वर्षमा ४२ किमी पक्की सडक

काठमाडौँ,१८ जेठ ।बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना […]

पाँच वर्षमा ४२ किमी पक्की सडक

राँझा । बाँकेको खजुरा गाउँपालिकाले पाँच वर्षको अवधिमा ४२ किलोमिटर पक्की सडक निर्माण भएको छ । सडक निर्माणलाई उच्च प्राथमिकताका साथ अघि बढाएको र अन्य केही सडक निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाले वार्षिकरुपमा १६ किमी पक्की सडक निर्माण गर्ने लक्ष्य लिए पनि कोरोना […]

विकासको नमुनाः धावनमार्गमाथि पक्की सडक, सडककै कारण एयरपोर्टको स्तरोन्नति रोकियो

०३८ सालदेखि बन्द रहेको पालुङटार विमानस्थल स्तरोन्नतिको काम यस वर्षदेखि सुरु भएको छ । तर, धावनमार्गमै पक्की सडक निर्माण भएपछि विमानस्थल निर्माणको कामले पूर्णता पाउन नसकेको हो । जग्गा अतिक्रमण गरेर पक्की...

मनहरी गाउँपालिकाको टोल टोलमा पक्की सडक

मकवानपुर – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–७ बिजौनामा एक किलोमिटर लामो पक्की सडक निर्माण गरिएको छ । पहिले कच्ची सडकमा धुलो हिलोले समस्या भोग्दै आएका यस क्षेत्रका बासिन्दाहरु अहिले घरै अगाडिको सडक पक्की हुँदा खुशी छन् ।  छ मिटर चौडाइ रहेको यो सडक एक किलोमिटर लामो बनाइएको छ । सडक निर्माणका लागि मनहरी गाउँपालिकाको एक करोड रुपैयाँ र वाग्मती प्रदेश सरकारको एक करोड रुपैयाँ गरी दुई करोड लागतमा निर्माण गरिएको हो । सडकका केही भाग निर्माणको काम सकिएको छ भने केही भाग निर्माण भइरहेको छ । असार मस...

३५ किलोमिटर पक्की सडक थपिँदै गोरखामा

गोरखामा ३५ किलोमिटर पक्की सडक थपिने भएको छ। ढुंगागाढे–बुंकोट १२ किलोमिटर र चोरकाटे–चित्रेपोखरीको १० किलोमिटर थपहुने पूर्वाधार विकास कार्यालयले जनाएको छ। गोरखा–फिनाम सडक खण्डको चारसहित २६ किलोमिटर सडक प्राथमिकतामा परेको योजना हो।...

पक्की सडक निर्माणका लागि कर्णालीका ४० स्थानीय तह छनोट

सुर्खेत-संघीय सरकारले आइतबार शुभारम्भ गरेको स्थानीय तहका केन्द्र जोड्ने पक्की सडक निर्माण योजनाअन्तर्गत कर्णाली प्रदेशमा १८ वटा स्थानीयसँंग सम्झौता भएको छ ।स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय, कर्णाली प्रदेश सुर्खेत, कर्णाली प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका विभिन्न १८ स्थानीय तहबीच सम्झौता भएको हो । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश सरकारको राजधानीसम्म पक्की सडक सञ्जालले […]

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ । स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको हो । पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन... The post अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल appeared first on Purbeli News.

अब स्थानीय तहसम्मै पक्की सडक सञ्जाल

काठमाडौँ । स्थानीय तहको केन्द्रदेखि प्रदेश राजधानीसम्म पक्की सडक सञ्जाल निर्माण गर्ने प्रक्रिया अगाडि बढेको छ ।स्थानीय तहको केन्द्रदेखि सातवटै प्रदेश राजधानीसम्म सवारी साधनको आवतजावतलाई सहज गर्न र सङ्घीय प्रणालीको प्रभावकारी कार्यान्वयन गर्न पक्की सडक सञ्जालले जोड्न लागिएको हो । पक्की सडक सञ्जालले जोड्ने कार्य तीव्र गतिमा अगाडि बढाइने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।मन्त्रालयका सचिव एकनारायण अर्यालले प्रदेश राजधानीदेखि स्थानीय तहको केन्द्रसम्म पक्की सडक सञ्जाल निर्माण भएप