नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली बयल गाडाका प्रवर्तक र भ्रमको खेती गर्ने पात्रमात्र रहेको टिप्पणी गरेका छन् । बिहीबार चितवनको भरतपुरमा गठबन्धनका तर्फबाट आयोजित संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै संविधान र लोकतन्त्र समाप्त हुनबाट जोगाउन गठबन्धन बनाइएको पनि बताए । केपी ओलीको बखान गर्न जरुरी नभएको भन्दै सम्बोधन गर्न सुरु गरेका नेपालले हजार जिब्रो भएका शेषनागले समेत ओलीको बखान गर्न नसक्ने बताए । ‘हजार जिब्रो भएका शेषनागले त सक्दैन