प्युठान – मङ्गलवार नयाँ वर्षको दिन भ्रमणका लागि स्वर्गद्वारी आएको लु १ ज १६५५ नम्बरको जीप प्युठान स्वर्गद्वारी नजिकै रुमाले भन्ने ठाउँमा दुर्घटना भएकाे छ । दुर्घटनामा गुल्मी जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत श्याम न्यौपानेसहित तीन जनाको ज्यान गएकाे छ ।
जीपका चालकसहित दुईजनाको घटनास्थल र एक जनाको प्राथमिक स्वास्थ्य केन्द्र भिंग्रीमा उपचारका क्रममा ज्यान गएकाे प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले बताउनुभयो । घटनामा अन्य ११ जना घाइते छन् ।
घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरब...