सर्वोत्तम सिमेन्टलाई प्राधिकरणले थप ९ मेगावाट बिजुली दिने

२१ असार, काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले नेपाल विद्युत प्राधिकरणबाट थप ९ मेगावाट बिजुली प्राप्त गर्ने भएको छ । नेपाल विद्युत् प्राधिकरण र सर्वोत्तम सिमेन्टबीच विद्युत खरिद बिक्री सम्झौता भएसँगै सिमेन्ट उत्पादनका लागि सर्वोत्तमले थप ९ मेगावट बिजुली पाउने भएको हो । सम्झौतामा प्राधिकरणका निर्देशक सच्चिदानन्द यादव र सर्वोत्तम सिमेन्ट लिमिटेडका तर्फबाट कम्पनी सचिव नवराज […]

सम्बन्धित सामग्री

हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले आगामी ३ साताभित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको छ । ‘हामी परीक्षण उत्पादनको अन्तिम तयारीमा छौं । आवश्यक उपकरण जडान भइसकेको तथा केही सामान्य काम मात्रै बाँकी छ । ती पनि केही दिनभित्रै सकिन्छ,’ हवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भने । नेपाली र चिनियाँ व्यवसायीले संयुक्त लगानी रहेको उद्योगमा सोमवारदेखि विद्युत् उपलब्ध भएको छ । मस्र्याङ्दी–काठमाडौं १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो । नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमताअनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला उक्त उद्योगमा समेत लाइन जोडिई सञ्चालनमा आएको छ । हुवासिन सिमेन्टका उपमहाप्रबन्धक पोखरेलका अनुसार गत कात्तिकमा नै स्वीचिङ स्टेशन सञ्चालनमा आएको थियो । धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेशनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि सोमवारदेखि उद्योगमा नियमित रूपमा बिजुली उपलब्ध भएको हो । प्रसारण लाइन निर्माण उद्योग आफैले गरेको हो । त्यसका लागि मात्रै करीब रू. १ अर्बबराबरको खर्च भएको उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । तनहुँको तल्लो मस्र्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेशनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराइएको छ । उक्त स्वीचिङबाट सिमेन्ट उद्योगले कुल २० मेगावाट विद्युत् लिनेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उद्योगमा विद्युत् खपत गराउन देश दौहाडामा लागिरहेको बेला राजधानी काठमाडौं नजिकैको उद्योगमा २० मेगावाट बिजुली खपत हुन लागेको हो । सोमवार बेनीघाट रोराङ गाउँपालिकाले प्रसारण लाइन सञ्चालनमा आउन लागेको भन्दै टावरको वरिपरि नजान एक सूचनामार्पmत स्थानीय बासिन्दालाई आग्रह गरेको थियो । बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा निर्माणाधीन उद्योगले १ वर्षमा नै स्वीचिङ स्टेशन निर्माण गरेको हो । स्वीचिङ स्टेशनबाट उद्योग परिसरसम्म करीब १४ किलोमिटर प्रसारण लाइन र १३२ केभी क्षमताको सबस्टेशन निर्माण भएको छ । प्राधिकरणको प्राविधिक सहयोग एवं सुपरिवेक्षणमा स्वीचिङ स्टेशन र सबस्टेशन निर्माण भएको हो । कार्यकारी निर्देशक घिसिङका अनुसार स्वीचिङ स्टेशन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार आउनेछ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिनेछन् । स्वीचिङ स्टेशन सञ्चालनसँगै धादिङको गल्छी, नौबीसे क्षेत्रमा खुल्न लागेका अन्य उद्योगलाई सहज रूपमा बिजुली उपलब्ध गराउन सहज भएको छ । राजधानी काठमाडौंनजिक भएकाले पनि राजमार्गा क्षेत्रमा दर्जनौं नयाँ उद्योग खुल्न लागेका छन् । ती उद्योगमा सहज रूपमा बिजुली उपलब्ध गराउन प्राधिकरणको पूर्वाधारसमेत तयार भएको छ । राजमार्ग क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुँदा प्राधिकरणको आम्दानीमा वृद्धि हुनेछ । निजीक्षेत्रले कोभिडकै बेला १ वर्षमै सबस्टेशन र १४ किलोमीटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैमा महत्त्वपूर्ण रहेको हुवासिन सिमेन्टका उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिसरसम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आपैm उक्त संरचना तयार पारेको हो । कोरोना विपद्, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग शुरुआती सम्झौता गर्दा करीब रू. १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले थप रू. ३ अर्ब लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो ३ वर्षदेखि नियमित रूपमा उत्पादन गरिरहेको छ । केही समय पहिलेदेखि मात्रै सो उद्योगले पनि नियमित रूपमा ३० मेगावाट बिजुली पाएको छ । त्यसबाट सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुनेछ । उद्योग सञ्चालनमा आएपछि नेपाली बजारमा अर्को गुणस्तरीय सिमेन्ट उपलब्ध हुनेछ । आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आपूmहरूको प्रमुख कर्तव्य रहेको उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । हुवासिन सिमेन्ट उद्योगले दैनिक ३ हजार मेट्रिक्टन सिमेन्ट उत्पादन गर्ने छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ मा उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो । सम्झौतामा ६ महीनाभित्र कारखाना स्थापना गर्ने भनिए पनि विभिन्न कारणले लामो समय लागेको हो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र १ हजार जनाले अप्रत्यक्ष रूपमा रोजगारी पाउने बोर्डको अनुमान छ । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवर्द्धकले रू. ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भिœयाउन सरकारले स्वीकृति दिएको थियो । नेपालमा हाल झन्डै ३५ लाख मेट्रिकटन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कुल जडितक्षमता ५५ लाख मेट्रिकटन पुगिसकेको छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुनेछ ।  रासस

तीन साता भित्र परीक्षण उत्पादन थाल्ने तयारीमा हुवासिन सिमेन्ट उद्योग

मंसिर २१, काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवासिन सिमेन्ट उद्योगले आगामी तीन साता भित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जानकारी दिएको छ । ‘हामी परीक्षण उत्पादनको अन्तिम तयारीमा छौं। आवश्यक उपकरण जडान भइसकेको तथा केही सामान्य काम मात्रै बाँकी छ । ती पनि केही दिनभित्रै सकिन्छ’, हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलले भने । नेपाली र चिनियाँ व्यवसायीले संयुक्त लगानी रहेको उद्योगमा सोमवारदेखि विद्युत् उपलब्ध भएको छ । मर्स्याङ्दी काठमाडौं १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो । नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमता अनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला सो उद्योगमा समेत लाइन जोडिइ सञ्चालनमा आएको छ । हवासिन सिमेन्टका उपमहाप्रबन्धक पोखरेलका अनुसार गत कात्तिकमा नै स्वीचिङ स्टेसन सञ्चालनमा आएको थियो । धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण भएको स्वीचिङ स्टेशनलाई गत कात्तिकमा नै चार्ज गरिएको भए पनि सोमवारदेखि उद्योगमा नियमित रुपमा बिजुली उपलब्ध भएको हो ।प्रसारण लाइन निर्माण उद्योग आफैँले गरेको हो । त्यसका लागि मात्रै करीब रू. एक अर्ब बराबरको खर्च भएको उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए । तनहुँको तल्लो मर्स्याङ्दी विद्युत् गृहबाट आएको प्रसारण लाइन स्वीचिङ स्टेशनमा भित्रने (लुप इन) र बाहिरिने (लुप आउट) निर्माण गरिएको छ । प्रसारण लाइनलाई स्वीचिङ स्टेसनमा लुप इन गराएर हुवासिन सिमेन्टलाई विद्युत उपलब्ध गराइएको छ । सो स्वीचिङबाट सिमेन्ट उद्योगले कुल २० मेगावाट विद्युत् लिनेछ । राजधानी काठमाडौं नजिकैको उक्त उद्योगमा २० मेगावाट बिजुली खपत हुन लागेको हो । सोमवार बेनीघाट रोराङ गाउँपालिकाले प्रसारण लाइन सञ्चालनमा आउन लागेको भन्दै टावरको वरीपरी नजान एक सूचनामार्फत स्थानीयवसीलाई आग्रह गरेको थियो । बेनिघाट रोराङ गाउँपालिकाको ताल्दीमा निर्माणाधीन उद्योगले एक वर्षमा नै स्वीचिङ स्टेशन निर्माण गरेको हो । स्वीचिङ स्टेशनबाट उद्योग परिसरम्म करीब १४ किलोमिटर प्रसारण लाइन र १३२ केभी क्षमताको सब- स्टेशन निर्माण भएको छ ।  प्राधिकरणको प्राविधिक सहयोग एवम् सुपरीवेक्षणमा स्वीचिङ स्टेशन र सब- स्टेशन निर्माण भएको हो । कार्यकारी निर्देशक घिसिङका अनुसार स्वीचिङ स्टेशन निर्माण भएपछि धादिङको विद्युत् आपूर्तिमा सुधार भएको छ । सामान्य हावाहुरी आउँदा प्रभावित हुने धादिङको विद्युत् आपूर्तिमा गुणात्मक सुधार आउनेछ । त्यसका लागि ३३ र ११ केभी क्षमताका वितरण लाइन निकालिने छन् । स्वीचिङ स्टेशन सञ्चालनसँगै धादिङको गल्छी, नौबिसे क्षेत्रमा खुल्न लागेका अन्य उद्योगलाई सहज रुपमा बिजुली उपलब्ध गराउन सहज भएको छ । राजधानी काठमडौं नजिक भएकाले पनि राजमार्गा क्षेत्रमा दर्जनौँ नयाँ उद्योग खुल्न लागेका छन् । ती उद्योगमा सहज रुपमा बिजुली उपलब्ध गराउन प्राधिकरणको पूर्वाधारसमेत तयार भएको छ । राजमार्ग क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति हुँदा प्राधिकरणको आम्दानीमा वृद्धि हुनेछ । निजी क्षेत्रले कोभिडकै बेला एक वर्षमै सबस्टेशन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैँमा महत्वपूर्ण रहेको हुवासिन सिमेन्टका उपमहाप्रबन्धक पोखरेलको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो । कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग शुरुआती सम्झौता गर्दा करीब रू. १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिएपनि विभिन्न कारणले थप रू. तीन अर्ब लागत बढ्न गएको बताइएको छ ।  नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो । अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमित रुपमा उत्पादन गरिरहेको छ । केही समय पहिलेदेखि मात्रै सो उद्योगले पनि नियमित रुपमा ३० मेगावाट बिजुली पाएको छ । त्यसबाट सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुनेछ । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजार जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाउने बोर्डको अनुमान छ । विसं २०७४ मंसिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन् गर्न अनुमति दिएको थियो । खानीका लागि चिनियाँ प्रवर्द्धकले रू. ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको यो नै पहिलो हो । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्र्ययाउनका लागि सरकारले स्वीकृति दिएको थियो । नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक्टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कुल जडित क्षमता ५५ लाख मेट्रिक्टन पुगिसकेको छ । रासस

दुई ठूला सिमेन्ट उद्योगलाई विद्युत्

काठमाडाैं । वैदेशिक लगानीका दुईओटा ठूला सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणले बिजुली उपलब्ध गराउने भएको छ । डिजेलको प्रयोगबाटै व्यावसायिक उत्पादन थालेको होङ्सी शिवम् सिमेन्टले ३ वर्षपछि उद्योगमा बिजुली पाउँदै छ भने निर्माणाधीन हुवासिन सिमेन्टले पनि विद्युत् पाउने भएको छ । कात्तिक अन्तिमसम्ममा परीक्षण उत्पादन थाल्ने तयारीमा रहेको हुवासिन सिमेन्टलाई विद्युत् उपलब्ध गराउन मस्र्याङ्दी–स्युचाटार १३२ केभी प्रसारण लाइनअन्तर्गत धादिङको सिद्धलेकमा रहेको स्वीचिङ स्टेशनलाई चार्ज गरिएको छ । उद्योगले सबस्टेशन बनाई तयार भइसकेको जानकारी गराउनासाथ विद्युत् उपलब्ध गराउने प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए । धादिङमा निर्माणाधीन हुवासिन सिमेन्टका नेपाली लगानी साझेदार सुरज वैद्यले विद्युत्का लागि आवश्यक सबस्टेशनहरू उद्योगले तयार गरेको बताए । यही महीनाको अन्तिमसम्ममा परीक्षण उत्पादन गरिने पनि उनले जानकारी दिए । उद्योगले नै आपैm सबस्टेशन बनाइसकेको भन्दै उनले अब विद्युत् परीक्षणका लागि तयारी गरिएको बताए । दैनिक ३ हजार मेट्रिकटन सिमेन्ट उत्पादन लक्ष्य राखेको भन्दै वैद्यले अहिले उद्योगमा आवश्यक मेशिनहरू जडान भइसकेको जानकारी दिए । उद्योगमा अधिकतम जनशक्ति नेपालकै उपयोग गर्ने उनको भनाइ छ । उद्योगले २० मेगावाट विद्युत् माग गरेको छ । होङ्सी र हुवासिन २ सिमेन्ट उद्योगमा ५२ मेगावाट विद्युत् खपत हुनेछ । नवलपरासीमा सञ्चालित होङ्सी शिवम् सिमेन्टले ३२ मेगावाट विद्युत् मागको प्रस्ताव प्राधिकरणलाई गरिसकेको छ । २०७५ जेठदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन गर्दै आएको होङ्सीले यही तिहारअघि वा तिहारलगत्तै विद्युत् पाउने बताइएको छ । रू. ३६ अर्ब लगानीको उक्त सिमेन्ट उद्योगलाई नेपाल विद्युत् प्राधिकरणअन्तर्गतको बर्दघाट–सर्दी (१३२ केभी) प्रसारणलाइन आयोजनाले बिजुली उपलब्ध गराउनेछ । उक्त प्रसारणलाइन निर्माण शुरू गरी २०७६ चैतमा उद्योगसम्म विद्युत् पु¥याउने लक्ष्य आयोजनाले राखेको भए पनि रूख कटान, टावर व्यवस्थापन र पछिल्लो समय देखिएको कोरोना भाइरसका कारण निर्माणमा अवरोध हुँदा विद्युत् दिने भाखा सरेको थियो । आयोजना प्रमुख हरि पाण्डेले केही दिनदेखि परेको झरीका कारण केही दिन ढिलाइ हुन सक्ने सम्भावना रहेको भए पनि तिहारअघि वा पछि तुरुन्तै उद्योगले बिजुली पाउने जानकारी दिए । ‘उद्योगलाई कात्तिक १५÷१६ गतेसम्ममा बिजुली उपलब्ध गराउने निश्चित थियो,’ उनले भने, ‘केही दिनयता परेको पानीका कारण केही दिन ढिलाइ भए पनि यही महीनाभित्र उद्योगले बिजुली पाउनेछ ।’ यी दुईओटै सिमेन्ट उद्योगमा लगानीको अधिकांश अंश चिनियाँ लगानीकर्ताको छ । नेपालमा वैदेशिक लगानी ठूला सिमेन्ट उद्योगमा यी पर्छन् । होङ्सी सिमेन्ट उद्योगका अधिकारीले विद्युत् उपलब्ध हुने वित्तिकै अहिलेको उत्पादनलाई दोब्बर गरिने तयारी गरेको बताए । उत्पादन दोब्बर बनाउन लगानी पनि थपिने जानकारी दिए । पहिलो चरणमा हाल दैनिक ६ हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले बिजुलीको गुणस्तर हेरेर लगानी थप्दै दोब्बर अर्थात् दैनिक १ हजार २०० मेट्रिकटन सिमेन्ट उत्पादन गर्नेछ ।

होङ्सी सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले साढे २ वर्षदेखि डिजेलकै भरमा सञ्चालन हुँदै आएको नवलपरासीस्थित नेपालकै ठूलो सिमेन्ट उद्योग अर्थात् होङ्सी शिवम् सिमेन्टलाई ३० मेगावाट विद्युत् दिने भएको छ । प्राधिकरणको कार्यकारी निर्देशक स्तरबाट गतहप्ता उक्त उद्योगलाई ३० मेगावाट विद्युत् दिन स्वीकृति गरिएको हो । योसँगै अब प्राधिकरणले उक्त उद्योगलाई ३० मेगावाटसम्म विद्युत् दिन सक्नेछ । बर्दघाटबाट सर्दी हुँदै सिमेन्ट कारखानासम्म जाने १३२ केभी प्रसारणलाइनबाट त्यो बराबरको विद्युत् दिनेगरी प्राधिकरणले लोड स्वीकृति गरेको हो । उक्त प्रसारणलाइन तयार नभएको हुँदा उद्योगले तत्काल विद्युत् भने पाउन सक्ने छैन । हाललाई ३० मेगावाटसम्म विद्युत् दिनेगरी मात्र निर्णय गरेको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताए । अब प्रसारण लाइन तयार भएपछि उद्योगलाई त्यस बराबरको विद्युत् उपलब्ध गराउने उनको भनाइ छ । ‘प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ । सम्भवतः चालू आवमा नै प्रसारण लाइनको निर्माण कार्य सम्पन्न हुन्छ,’ उनले भने, ‘ढिलोमा पनि आगामी आवदेखि उद्योगलाई विद्युत् आपूर्ति गर्नेगरी काम भइरहेको छ ।’ चिनिया लगानीमा स्थापना भएको उद्योगले २०७५ जेठदेखि व्यावसायिक रूपमा सिमेन्ट उत्पादन शुरू गरे पनि हालसम्म बिजुली पाउन सकेको छैन । विद्युत् नपाएर उद्योग अझै पनि डिजेलमार्फत नै सञ्चालन भइरहेको छ । तर, अहिले प्रसारण लाइन निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेकाले उद्योगले छिट्टै विद्युत् पाउने प्राधिकरणको भनाइ छ । उद्योगलाई नियमित सञ्चालन गर्न ५० मेगावाटसम्म विद्युत् आवश्यक हुने बताइएको छ । तर, प्राधिकरणले ३० मेगावाट विद्युत् दिनेगरी लोड स्वीकृत गरेको हो । उद्योग आफैले पनि १२ मेगावाट विद्युत् उत्पादन गरेर खपत गर्दै आएको छ । सिमेन्ट उत्पादनको क्रममा उद्योगको भट्टीमा जम्मा हुने तापको उपयोग गरी सो बराबरको विद्युत् उत्पादन गर्दै आएको हो । उद्योगमा विद्युत् पुर्‍याउन प्राधिकरणको बर्दघाट सबस्टेशनबाट उद्योगसम्म २० किलोमीटर लामो प्रसारण लाइन बनाउनुपर्ने हुन्छ । सबस्टेशनसहित उक्त प्रसारण लाइन बनाउन रू. ५० करोडमा मुडभरी एन्ड जोशीलाई ठेक्का दिइएको थियो । तर, ठेकदारको लापरबाही र केही ठाउँका स्थानीयहरूको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेको प्राधिकरणको भनाइ छ । त्यही कारणले अजै पनि उक्त उद्योगसम्म विद्युत् पुर्‍याउन नसकिएको प्राधिकरणले बताएको छ । अब केही समयमा नै प्रसारण लाइन निर्माण हुने बताइएको छ । ‘स्थानीयको अवरोध छिट्टै साम्य हुँदै छ । सम्भवतः यही आवमा नै प्रसारण लाइनको निर्माण सम्पन्न हुन्छ,’ प्रवक्ता तिम्सिनाले भने, ‘लोड पनि स्वीकृति भइसकेको अवस्थामा अब उद्योगले छिट्टै विद्युत् पाउँछ भन्नेमा ढुक्क छौं ।’ उद्योगसम्म जाने प्रसारण लाइनको निर्माण २०७३ वैशाखदेखि शुरू गरिएको थियो । १३२ केभी क्षमताको बर्दघाट–सर्दी प्रसारणमा डबल सर्किट हुनेछ । त्यसमा एउटा सर्किटबाट स्थानीय र अर्काे सर्किट उद्योगलाई विद्युत् आपूर्ति गराउने प्राधिकरणको योजना छ । सिमेन्ट उद्योगमा चीनको बैंक अफ चाइना र चाइना मिङसेङ बैंकको अगुवाइमा ७ बैंकले १६ अर्ब रुपैयाँ लगानी गरेका छन् ।