केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को विवरणअनुसार सातै प्रदेशमा जनघनत्व बढेको देखिएको छ ।
सातै प्रदेशमध्ये मधेश प्रदेशको जनघनत्व सर्वाधिक ६३६ जना प्रति वर्गकिलोमिटर रहेको छ ।
सबैभन्दा कम जनघनत्व कर्णाली प्रदेशको ६१ जना प्रति वर्गकिलोमिटर रहेको विभागले जनाएको छ ।
संघीय राजधानी काठमाडौं रहेको बागमती प्रदेशको जनघनत्व ३०० रहेको छ । यसअघि २०६७ सालमा बागमतीको जनघनत्व २७३ रहेको थियो ।
यस्तो छ प्रदेशअनुसार जनघनत्वको विवरण –