तीस महिनाभित्र निर्माण सक्ने गरी कञ्चनपुरमा निर्माण थालिएको हुलाकी सडक ६३ महिना बित्दा पनि सम्पन्न हुन सकेको छैन । विसं २०७३ फागुनमा तीन प्याकेजमा निर्माण सुरु गर्ने गरी डोके बजार, बेलौरी, बेल्डाँडीदेखि दैजीसम्मको हुलाकी सडकको थालनी भएको थियो ।सडक निर्माणको जिम्मा पाएका ठेकेदारको लापरबाहीले पटक–पटक म्याद थप हुँदा पनि निर्माण पूरा हुन सकेको छैन । डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर तथा बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको