संकट गहिरिएपछि बिदा बसेका न्यायाधीश अदालत फर्के

न्यायालयमा संकट गहिरिँदै गएपछि बिदा बसेका दुई न्यायाधीश सर्वोच्च अदालत फर्केका छन् । न्यायाधीश कुमार चुडाल र नहकुल सुवेदी बिदा कटाएर मंगलबारबाट अदालत फर्केका हुन् । न्यायाधीश सुवेदी एक साताको बिदा स्वीकृत भए पनि उनी दोस्रो दिन नै अदालत फर्केको सर्वोच्च प्रशासनले जनाएको छ । त्यस्तै अर्का न्यायाधीश चुडालले पनि आगामी बिहीबारसम्मको बिदा लिएका थिए । तर उनी पनि मंगलबार नै सर्वोच्च फर्केका छन् ।सर्वोच्चमा प्रधानन्यायाधीश र न्यायाधीशबीच खटपट भएपछि सर्वोच्चको सोमबारको इजलास र प्रधानन्यायाधीशले बोलाए

सम्बन्धित सामग्री

न्यायाधीश सिफारिसमा किन मिचियो वरिष्ठता ?

न्यायाधीश सिफारिस हुँदा रोलक्रम भत्काइएको छ । रोलक्रममा उच्चका मुख्य न्यायाधीश नृपध्वज निरौला पहिलो वरीयतामा थिए । निरौला उच्च अदालत दिपायलका मुख्य न्यायाधीश हुन् ।

न्यायाधीश नियुक्ति अन्योलमा

प्रारम्भयतिखेर न्यायाधीश नियुक्तिको समाचारले बजार तातेको छ । सबै तहका अदालतमा न्यायाधीश पदपूर्ति गर्नुपर्ने अवस्था छ । जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतमा क्रमशः ३५, ४२ र ७ न्यायाधीश रिक्त रहेको अवस्था सम्प्रेषण भइरहेको छ । तर, यही प्रयोजनमा बसेको न्याय परिषद्को बैठकले केही निर्णय गर्न सकेको छैन । न्यायाधीश पूर्ति नहँुदा न्याय सम्पादन […] The post न्यायाधीश नियुक्ति अन्योलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्याय परिषद्को बैठक : न्यायाधीश बर्खास्त

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत सुर्खेतको जुम्ला इजलासका न्यायाधीश नसरुल्लाह अन्सारीलाई बर्खास्त गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । आज बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो । उता जिल्ला अदालत बर्दिया न्यायाधीश लोकजंग शाहलाई परिषद् बैठकले पदमुक्त गर्नका लागि पनि सिफारिस गरेको छ । त्यस्तै तुलसीपुर उच्च अदालतकी न्यायाधीश कविता उप्रेतीलाई सचेत […]

विवादास्पद फैसला गर्ने जिल्ला अदालत धनुषाका न्यायाधीश भट्टराई सर्वोच्च तानिए

विभिन्न मुद्दामा विवादास्पद फैसला गरेका जिल्ला अदालत धनुषाका न्यायाधीश परशुराम भट्टराई सर्वोच्च अदालत तानिएका छन्। भट्टराईले निहारिका सिंह राजपूतको मुद्दामा उनीमाथि बलात्कार नभएको फैसला गरेका थिए। आफू १७ वर्षको हुँदा जनकपुरका...

उच्च अदालत तुलसीपुरकी न्यायाधीश शाह बर्खास्त

काठमाण्डाै – न्याय परिषद्को बैठकले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाहलाई बर्खास्त गरेकाे छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज शुक्रवार बसेको परिषद्को बैठकले न्यायाधीश शाहलाई बर्खास्त गरेकाे हो । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार न्यायाधीश शाहलाई योग्यता नपुगेका कारणले पदबाट बर्खास्त गरिएको हो । पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी रेणुका लामो समय सीटीईभीटीमा कार्यरत रहेको र न्यायाधीश हुनका लागि योग्यता पुष्टि गर्न नसकेपछि पदब...

उच्च अदालत विराटनगरले भन्यो- न्यायाधीश कोइरालाले प्रमाण नहेरी फैसला गरे

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निर्देशनमा सिद्धबाबालाई सफाइ दिने जिल्ला न्यायाधीश अर्जुन कोइरालाको निर्णयमाथि प्रश्न उठाउँदै उच्च अदालत विराटनगरले ‘प्रमाण नबुझी फैसला गरेको’ भनी टिप्पणी गरेको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा

जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइराला निलम्बनमा परेका छन् । न्याय परिषद् ऐन, २०७३ को दफा १९(१) बमोजिम जाँचबुझ समिति गठन भएसँगै उनी स्वतः निलम्बनमा गएका हुन् ।  ‘..न्यायपरिषद्का माननीय सदस्य श्री रामप्रसाद...

मुख्य रजिष्टारलाई उच्च अदालत र तिलप्रसादलाई सर्वोच्चको न्यायाधीश नियुक्त

काठमाडौँ । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् । कायममुकायम प्रधान न्यायाधीश दीपक कुमार कार्कीले न्यायपरिषद बैठकबाट श्रेष्ठलाई सर्वोच्चको न्यायाधीश बनाएका हुन् । यस्तै कार्कीले सर्वोच्च अदालतका मुख्य रजिष्टार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीश बनाएर बाहिर पठाएका छन् । यसअघि मुख्य रजिष्टार उच्च अदालतको मुख्य न्यायाधीश हुने गरेकोमा […]

न्यायाधीश संक्रमित भएपछि बझाङ जिल्ला अदालत बन्द

बझाङ : न्यायाधीशसहित एकजना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ।सेवाग्राही र अन्य कर्मचारीलाई कोरोना सर्ने जोखिम बढेपछि जिल्ला अदालत बझाङले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो।स्वास्थ्य परीक्षण गर्दा जिल्ला न्यायाधीश लगायत कर्मचारीलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको थियो।कार्यालयले बिहीबार सूचना प्रकाशन गरेर माघ १४ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ।संक्रमण नियन्त्रणमा नआए थप केही दिन सेवा रोकिने पनि बताइएको

जिल्ला अदालत भक्तपुरका न्यायाधीश बास्तोला सर्वोत्कृष्ट

जिल्ला अदालत भक्तपुरका न्यायाधीश गोपाल प्रसाद बास्तोला सर्वोकृष्ट बन्न सफल भएका छन् । देशभरका अदालतमध्ये सबैभन्दा धेरै मुद्दा फछ्यौट गरी उनी सर्वोत्कृष्ट न्यायाधीश बन्न सफल भएका हुन् ।  बास्तोलाले आर्थिक वर्ष २०७७–७८ मा भक्तपुरमा मात्र ५११ थान मुद्दा फछ्यौट गरेका छन् । उनले सोही वर्ष कञ्चनपुर जिल्ला अदालतमा रहेर पनि १०३ मुद्दा फछ्यौट गरेका थिए ।  जिल्ला अदालत भक्तपुरका सूचना अधिकारी विमल प्रसाद पराजुललीका अनुसार बास्तोलाले एक वर्षमा भक्तपुरमा ५११ र कञ्चनपुरमा १०३ गरी ६१४ मुद्दा फछ्यौट गरेका हुन् । भक्तपुर जिल्ला अ...