काठमाडौं, ५ मंसिर । देशका सबैजसो नेता पुगेको योगगुरु रामदेवको पतञ्जलीमा गत हप्ता आयोजित कार्यक्रममा एकजना नेता पुगेनन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निम्तो पाएर पनि कार्यक्रममा पुगेनन् । कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका […]