नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या गरिएको छ । दुप्चेश्वर–५ स्थित बालकुमारीमा खुकुरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको हत्या भएको जिप्रका नुवाकोटका प्रवक्ता (डीएसपी) रुपक खड्काले रातोपाटीलाई बताए । हत्याको कारण र आरोपीको पहिचान खुल्न बाँकी रहेको डीएसपी खड्काले बताए । उनले भने– ‘हाम्रो टोलीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ ।’