जनकपुरधाम– धनुषामा अनधिकृत रुपमा कोरोनाविरुद्धको भ्याक्सिन बेच्ने दुई जना पक्राउ परेका छन्। नगरपालिकाको सुशासन समितिको निर्णयअनुसार अनुगमन गर्ने क्रममा कोरोनाविरुद्धको भ्याक्सिन बरामद गरिएको नगरप्रमुख उदय बरबरियाले जानकारी दिए। बिहीबार शहीदनगर नगरपालिका वडा न ३ यदुकुहास्थित श्रीराम हेल्थ केयरबाट ६ भाइल भ्याक्सिन बरामद गरिएको प्रमुख बरबरियाले बताए। उनले श्रीराम हेल्थ केयर, मञ्जु मेडिकल हल र चौधरी […]