१९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने पक्राउ

पर्सा। नेपाली रुपैया १९०० पर्ने अक्सिमिटर ३५०० मा बेच्ने एक जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ नगवाका ३२ वर्षीय रामहरी तिवारी रहेका छन्। निषेधाज्ञाको मौका छोपी दोब्बर मुल्यमा बेच्ने खोजेको सूचनाको आधारमा प्रहरीले उनको औषधि पसलमा छापा मारेको प्रहरीले जनाएको छ। पक्राउ परेका तिवारीलाई कालोबजारी सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ।

सम्बन्धित सामग्री

नक्कली अक्सिमिटर बेच्ने ७ पक्राउ

महानगरीय अपराध महाशाखाले पाएको सूचना थियो, काठमाडौंमा कम्पनीको नाम र उत्पादनसम्बन्धी विवरण पनि नखुलेको नक्कली अक्सिमिटर चर्को मूल्यमा बिक्री भइरहेको छ ।

नक्कली अक्सिमिटर बेच्ने ७ पक्राउ

महानगरीय अपराध महाशाखाले पाएको सूचना थियो, काठमाडौंमा कम्पनीको नाम र उत्पादनसम्बन्धी विवरण पनि नखुलेको नक्कली अक्सिमिटर चर्को मूल्यमा बिक्री भइरहेको छ ।

सात सय ६५ थान नक्कली अक्सिमिटरसहित काठमाडौंबाट ७ जना पक्राउ

प्रहरीले नक्कली अक्सिमिटर बेच्ने ७ जनालाई काठमाडौंबाट पक्राउ गरेको छ। उत्पादन मिति, म्याद समाप्त मिति, खरीद मूल्य, उत्पादक कम्पनीको नामलगायत केही पनि उल्लेख नभएको कमसल, गुणस्तरहीन र कम मूल्यको ७६५ वटा अक्सिमिटरसहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

अक्सिमिटरको कालोबजारी गर्ने एक जना पक्राउ

धनुषाको जनकपुर उपमहानगरपालिका–९ बाट प्रहरीले अक्सिमिटरको कालोबजारी गर्ने सर्जिकल स्टोरका संचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिनिता सर्जिकल स्टोरका संचालक ३० वर्षीय भुपनारायण शाह छन् ।सिरहाको शुखिपुर नगरपालिका घर भएका शाहले जनकपुरस्थित बाह्रविगाहामा सर्जिकल स्टोर संचालन गरेका छन् । १ हजार ७ सय पर्ने पल्स अक्सिमिटर ३ हजारसम्ममा बेच्ने गरेको सुराकको आधारमा शाहलाई पक्राउ गरिएको धनुषाका एसपी प्रकाश रानाभाटले रातोपाटीलाई बताए ।प्रहरीले सो स्टोरबाट २८ थान पल्स अक्सिमिटर बरामद गरे

तीन गुणा बढी मूल्यमा अक्सिमिटर बेच्ने औषधि व्यवसायी पक्राउ

पर्सा : कोरोना महामारीको बेला पल्स अक्सिमिटरको कालोबजारी गर्ने एक औषधि व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। महामारीमा मौकाको फाइदा उठाउँदै तीन गुणा बढी मूल्यमा अक्सिमिटर बेच्ने वीरगन्ज महानगरपालिका–१६ नगवाका ३२ वर्षीय रामहरी तिवारीलाई प्रहरीले पक्राउ गरेको हो।तिवारीलाई एकहजार नौ सय पर्ने अक्सिमिटरलाई साढे तीनहजार बढी मूल्यमा बिक्री गरेको आरोपमा पक्राउ गरिएको पर्साका प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताए।तिवारीले आफ्नै घरमा औषधि पसल राखेर कालोबजारी गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका