काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले सत्तारूढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभाको सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताएका छन्। पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौंमा मंगलबारबाट सुरू भएको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारूढ दलहरूबीच सहमति भए पनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारेका हुन्। उनले आफ्नो पार्टीले भने