फेवाताल किनारमा रहेको सेदीबगरदेखि सराङकोटसम्म सञ्चालन हुने केबलकार छिट्टै व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सोही क्रममा केबलकारले बुधबारदेखि परीक्षण सुरु गरेको छ । चार बर्ष पहिले निर्माण थालिएको अन्नपूर्ण केबलकार प्रालिले यात्रु बोक्ने डिब्बा जडानको काम सकिएसँगै परीक्षणका लागि सञ्चालन गरिएको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले बताए । २ वर्षमा निर्माण गरिसक्ने योजना भएपनि कोभिड महामारीका कारण ४ बर्ष लागेको थियो । त्रिपाठीले भने, ‘परीक्षणको क्रम नि