ललितपुर, भरतपुर र वीरगन्जको प्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित

गत वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचन अन्तर्गत मंगलबार तीनवटा महानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । वीरगन्ज महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकाको नतिजा सार्वजनिक भएको हो ।वीरगन्जको मेयरमा सत्ता गठबन्धनको तर्फबाट जसपाका राजेशमान सिंह निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका इम्तियाज आलम निर्वाचित भएका छन् ।त्यसैगरी भरतपुरको मेयरमा सत्ता गढबन्धनकै तर्फबाट नेकपा […]

सम्बन्धित सामग्री

विजय सुवेदीका लागि भरतपुरमा किन भयो ‘सूर्य’ अस्त ?

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । भरतपुरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भइन् भने उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भए ।भरतपुरमा सत्तारुढ ५ दलीय गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिएको थियो भने एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो । भरतपुरमा सत्ता गठबन्धनविरुद्ध निर्वाचनको अन्तिम समयमा राप्रपासँग तालमेल गरेको एमालेले सोचेअनुसारको नतिजा निकाल्न भने सकेन ।भ

भरतपुरको मेयरमा रेनु दाहाल दोस्रो कार्यकालका लागि विजयी

काठमाडौँ – भरतपुर महानगरको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका छन्। महानगर प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेनु दाहाल र उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएकी हुन्। दाहालले निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीलाई १२ हजार ४४९ मतान्तरले पराजित गरेकी हुन्। दाहालले ५२ हजार ३० मत प्राप्त गर्दा सुवेदीले ३९ हजार ५८१ मत […]

भरतपुरमा गठबन्धनका उम्मेदवार जित नजिक

चितवन । भरतपुर महानगरपालिकामा पाँच दलीय गठबन्धनका प्रमुख र उपप्रमुखका उम्मेदवार जित नजिक पुगेका छन् । मतगणना अन्तिम चरणमा पुग्दै गर्दा नेकपा (माओवादी केन्द्र)का प्रमुख पदका उम्मेदवार रेनु दाहाल र नेपाली कांग्रेसका उपप्रमुख चित्रसेन अधिकारी जित नजिक पुगेका हुन् ।

भरतपुर महानगरपालिकामा रेनु दाहालको ३ हजारभन्दा बढी मतले अग्रता

जेठ ५, चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार रेनु दाहालले ३ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा हालसम्म ३९ हजार ९६१ मत गणना भइसकेको छ । उक्त मत गणना हुँदा उनले १५ हजार ५१३ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ६ हजार २६८ मत प्राप्त गरेका छन् । उता उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले १७ हजार ५३५ मत पाएका छन् । उपमेयरको अर्का प्रत्यासी राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन् । हालसम्म आठ ओटा मत गणना सकिंदा दाहालले मेयर पदमा मतान्तर बढाउँदै लगे पनि उनको पार्टी माओवादी केन्द्रले  वडा सदस्य भने जित्न सकेको छैन। नेपाली कांग्रेसले ६, नेकपा (एमाले) ले एक र नेकपा(एकीकृत समाजवादी) ले एक वडाध्यक्ष जितेका छन्।

भरतपुरमा मतान्तर बढाउँदै रेनु

भरतपुर महानगरपालिकामा प्रमुख पदका पाँचदलीय गठबन्धनका उम्मेदवार बन्नुभएकी नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर १६ सयभन्दा बढी पुगेको छ । २७ हजार २६ मतगणना हुँदा दाहाले ९ हजार ८०१ मत पाउनभएको छ भने नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ८ हजार १८४ मतसहित पछ्याइरहनुभएको छ । त्यसै गरी स्वतन्त्र उम्मेदवार जगन्नाथ …