विजय सुवेदीका लागि भरतपुरमा किन भयो ‘सूर्य’ अस्त ?

भरतपुर महानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । भरतपुरको प्रमुखमा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी भइन् भने उपप्रमुखमा नेपाली काँग्रेसका चित्रसेन अधिकारी निर्वाचित भए ।भरतपुरमा सत्तारुढ ५ दलीय गठबन्धन एक ढिक्का भएर निर्वाचनमा होमिएको थियो भने एमालेले पनि राप्रपासँग तालमेल गरेको थियो । भरतपुरमा सत्ता गठबन्धनविरुद्ध निर्वाचनको अन्तिम समयमा राप्रपासँग तालमेल गरेको एमालेले सोचेअनुसारको नतिजा निकाल्न भने सकेन ।भ