ताप्लेजुङमा एक घरमा आगलागी हुँदा १५ लाखबराबरको क्षति
ताप्लेजुङको फक्ताङलुङमा आगलागी हुदाँ एक घर जलेर नष्ट भएको छ। फक्ताङलुङ–४ ईखाबुमा मंगलबार बिहान मंगलबहादुर तामाङको घरमा आगलागी भएको हो।
आगलागीबाट उनको घर जलेर नष्ट भएको छ। प्रहरीका अनुसार घरमा कोही...
सिमकोट – दुुई तले एक घरमा आगलागी हुँदा नगदसहित आठ लाख रुपैयाँ बराबरको क्षति भएको छ। खार्पुनाथ गाउँपालिका– ३ को राया गाउँमा आज दिउँसो आगलागी हुँदा उक्त क्षति भएको हो। आगालागीबाट नगद एक लाख ३० हजारसहित दुुई तले घरमा क्षति भएको पीडित सान्ते बुढाले बताए। घरभित्रको बाकसमा नगद राखिएकाले आधा जलेको पीडितको भनाइ छ। उनले […]
दाङ : दाङमा एउटा घरमा आगलागी हुँदा लाखौँको क्षति भएको छ। तुलसीपुर उपमहानगरपालिका-४ मुलकोट निवासी ७९ वर्षीय कोटबहादुर पुनको घरमा आइतबार दिउँसो करिब ३ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।पुनको २ कोठे कच्ची घरमा आगलागी हुँदा करिब ४ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रञ्जनबहादुर स्वारले जानकारी दिए। पुनको घरमा चुल्होको आगो लुगामा सल्किएर आगलागी भएको थियो। स्थानीय र प्रहरीको सहायतामा आगलागी दिउँसो ४ बजेतिर नियन्त्रणमा लिइएको थियो।
काठमाडौँ । गोरखाको एक घरमा आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ। गएराति शहिदलखन गाउँपालिका वडा नम्बर ७ स्थित तिवारी टोलको एक घरमा आगलागी भएर वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिएका छन् । । पुरानो खाब्दी स्कुल नजिकैको घरमा बस्ने ६९ वर्षकी केशरीमाया वस्तीको मृत्यु भएको हो। उनको शवको […]
चरीकोट – दोलखाको शैलुङ गाउँपालिकाको एक घरमा आगलागी हुँदा निसासिएर एक जनाको मृत्यु भएको छ। शैलुङ गाउँपालिका–१ को एक घरमा विद्युत् सर्ट भएर आगलागी हुँदा घरमा रहेकी ८५ वर्षीया निदकुमारी मगरको निसासिएर मृत्यु भएको प्रहरीले जनाएको छ। घरमा विद्युत सर्ट भएर आगलागी भएको र झ्यालढोका सबै बन्द रहेका कारण घरमा रहेकी वृद्धाको आज मृत्यु भएको […]
धनगढी – कञ्चनपुरको एक घरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ। कञ्चपुरको भीमदत्त नगरपालिका–९ मा रहेको एक घरमा आगलागी हुँदा ७२ वर्षीय पदम ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। सोमबार राति गोठमा बालेको आगो सल्किएपछि एक कोठे खरको घरमा आगलागी भएको प्रहरीले बताएको छ। बिरामी अवस्थामा रहेका वृद्ध बाहेक घरका अन्य सदस्य […]
सिमकोट, २२ पुस : हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युसस्थित एक घरमा आगलागी हुँदा रु सात लाख बराबरको धनमाल क्षति भएको छ । प्युस गाउँका सुरज शाहीको घरमा मङ्गलबार राति चुलोमा बालिएको आगा सल्केर राति ११ बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । आगलागीबाट शाहीको घरमा रहेका सम्पूर्ण सामग्रीका साथै गोठमा रहेका पशु तथा […]
दाङ : दाङमा बुधबार बेलुका एउटा घरमा आगलागी हुँदा करिब ३ लाख रूपैयाँ बराबरको क्षति भएको छ।बबई गाउँपालिका-७ कृष्णपुर निवासी पूर्णबहादुर वलीको घरमा आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय राजकुमार डाँगीले जानकारी दिए।उनका अनुसार बेलुकी करिब ६ बजेतिर घरमा आगलागी हुँदा घर पूर्ण रुपमा जलेको छ। आगोलाई स्थानीयले करिब एक घण्टापछि नियन्त्रणमा लिएका थिए।खरको छानो भएको घरमा आगलागी हुँदा घरभित्र रहेका अन्नपात, लत्ताकपडा जलेर नष्ट भएको जानकारी उनले दिए।घरमा ठूला मान्छे नभएको अवस्थामा र बा
सेग्ले लमजुङ मस्र्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घर आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ । घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीय पशुपति भण्डारीको गएराति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए । उनले भने, “आगलागीका कारण यही हो भन्न नसकिएपनि उनीहरू दुवै जना बढी मादक पदार्थ सेवन गर्ने र ग्यासबाट चुरोट सल्काउने गर्दथे । समयमा ग्यास लिग भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै