अम्बानी र अडाणीका कम्पनी किसान आन्दोलनको निशानामा

किसान आन्दोलनको असर पञ्जावका मोबाइल टावरमा देखिएको छ । रिपोर्टअनुसार अहिलेसम्म पञ्जावका करिब एक हजार पाँचसय मोबाइल टावरमा क्षति पुगेको छ ।कैयौं मोबाइल टावरको बिजुली काटिएको छ भने, कैयौं तोडफोड र जलाउने काम भएको छ । कृषि कानुनविरुद्ध आन्दोलनरत किसानले मुकेश अम्बानी र गौतम अडाणीका कम्पनीमाथि निशाना बनाइएको आरोप ल...

सम्बन्धित सामग्री

दूध उत्पादक १५ किसान संगठनहरुले गरे आन्दोलन घोषणा

दूध उत्पादक किसानहरुको माग सरकारले सम्बोधन नगरेको भन्दै १५ वटा किसान संगठनहरुले आन्दोलनको घाषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले पछिल्लो समय दुग्ध उत्पादक किसानहरुको माग सम्बोधनमा गम्भीर नभएको भन्दै नेपाल किसान महासंघ,अखिल नेपाल किसान महासंघ,राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन,केन्द्रीय दुग्ध सहकारी संघ,नेपाल दुग्ध व्यवसायी संघ लगायत १५ किसान संगठनहरुले संयुक्त रुपमा आन्दोलनको […]

किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट

रौतहट । रौतहटको कटहरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालीमा किसानको आन्दोलनको ’boutमा समाचार संकलन गर्न गएका पत्रकार कृष्ण तिवारी माथि निर्मम तरिकाले कुटपिट गरिएको छ । कटहरिया नगरपालिका वाड नं. ९ डुमरियामा रहेको चिनी मिलमा किसानहरु आन्दोदनको समाचार संकलन गर्न पुगेका पत्रकार तिवारी माथि मिल संचालक र कर्मचारीले निर्मम तरिकाले कुटेका हुन […] The post किसान आन्दोलनको समाचार संकलन गर्न गएका पत्रकार तिवारीमाथि कुटपिट appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवनका किसान फेरि आन्दोलित

काठमाडौं । चितवनका किसानले राजमार्गमा तरकारी फालेर गरिएको आन्दोलनको सुनुवाइ नभएको भन्दै शुक्रबार दोस्रो चरणको आन्दोलन सुरु गरेका छन् । किसानका माग सम्बोधन गर्न दवावका लागि कृषि औजार सहित सडकमा आएर प्रदर्शन गरिएको छ । भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा कृषि औजारसहित भेला भएका किसान जिल्ला प्रशासन कार्यालय, बाइपास रोड, कृषि ज्ञान केन्द्र, चौबिसकोठी हुँदै नारायणगढको […]

चुनाव जितेर किसान आन्दोलनको नेतृत्व गर्नेछु : खनाल

कपिलवस्तु क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता चक्रपाणि खनाल (बलदेव) ले निर्वाचन जितेर किसान आन्दोलनको नेतृत्व गर्ने बताएका छन् । कापिलवस्तुको बाणगंगामा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले यसअघि पनि चुनाव जितेर किसानको पक्षमा धेरै नीतिगत काम गरेको उल्लेख गरे । उनले किसानको पक्षमा अझै धेरै काम गर्न बाँकी रहेको बताए ।नेता खनालले भने, ‘मुलुकको पुर्नसंरचनासंगै हामी तिन तहको सरकारको अभ्यासमा छौँ, प्रदेश र स्थानीय सरकारले जनताको विकासको पक्षम

भारतको किसान आन्दोलनको अर्थ

भारतको किसान आन्दोलन कुनै सामान्य आन्दोलन होइन । यो आन्दोलन ‘लेनदेन’बाट सुल्झिने आर्थिक माग पनि होइन । यथार्थमा यो गर वा मरको युद्ध हो । पुँजीवाद समयसँगै जसरी विकसित हुँदै जान्छ,...

एमसीसी बलजफ्ती अनुमोदन गरे आन्दोलनको आँधीबेहरी ल्याउने ६ किसान संगठनको चेतावनी

मुलुकका ६ वटा किसान संगठनले एमसीसी सम्झौता खारेज गर्न सरकारसँग माग गरेका छन् । उनीहरुले वलजफ्ती एमसीसी संसदबाट अनुमोदन गरे आन्दोलनको आँधीबेहरी सिर्जना गर्ने चेतावनी समेत दिएका छन् ।मंगलबार अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठ, अखिल नेपाल किसान महासंघका महासचिव बलराम बाँस्कोटा, अखिल नेपाल किसान महासंघ(अप्फा)का अध्यक्ष भैरव रेग्मी, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) का सीताराम तामाङ, अखिल नेपाल किसान युनियनका अध्यक्ष लोकनारायण सुवेदी र  अखिल न

आन्दोलनको तयारीमा उखु किसान

काठमाडौं । चिनी मिललाई उखु विक्री गरेबापत पाउनुपर्ने बक्यौता रकमको पूर्ण भुक्तानी अभैmसम्म पनि नपाएका सर्लाहीका उखु किसानले बक्यौता रकम भुक्तानीको माग गर्दै फेरि पनि काठमाडौंमा आन्दोलन गर्ने तयारी थालेका छन् । सरकारको तथ्यांकअनुसार उखु किसानले चिनी मिलसँग पाउनुपर्ने कुल ६५ करोडमध्ये अभैm १५ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । सोही रकमको भुक्तानी माग गर्दै उखु किसानले गत साउन दोस्रो साता काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बक्यौता रकम भुक्तानीका लागि उद्योगी र सरकारलाई भदौ ५ गतेसम्मको समयसीमा दिएका थिए । किसानले दाबी गरेको तथ्यांकअनुसार बाँकी रहेको कुल ९० करोड बक्यौता रकममध्ये २५ करोड रुपैयाँको भुक्तानी बाँकी रहेको छ । सरकार र उद्योगीबाट आप्mनो मागको सुनुवाइ नभएपछि उखु किसानले आन्दोलन गर्ने तयारी थालेका हुन् । उखु किसान संघर्ष समिति सर्लाहीका संरक्षक राकेश मिश्रका अनुसार उखु किसानले सर्लाहीको अन्नपूर्ण चिनी उद्योगबाट ८ करोड, सर्लाहीकै महालक्ष्मी सुगर मिलबाट ५० लाख, रौतहटको श्रीराम सुगर मिलबाट ३ करोड, इन्दिरा सुगरमिल नवलपरासी बाट २ करोड र लुम्बिनी चिनी कारखानाबाट २ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ । ‘यो रकम चाँडोभन्दा चाँडो भुक्तानी गरिपाऊँ भनी हामीले सरकारसँग बारम्बार बिन्ती गर्दा पनि सरकारले हाम्रो कुरामा चासो दिएन । त्यसैले आन्दोलन गर्नुको विकल्प छैन । हामी आन्दोलनको पूरा तयारीमा छौं जतिबेला पनि आन्दोलन शुरू हुन सक्छ,’ उनले आर्थिक अभियान दैनिकसँग भने । उद्योगीबाट किसानले पाउनुपर्ने सबै बक्यौता रकम उपलब्ध गराइदिने भन्दै सरकारसँग धेरैपटक सम्झौता गरे पनि अभैm धेरै किसानले रकम नपाएको गुनासो गर्दै अब कुनै पनि सम्झौता गर्न आफूहरू तयार नरहेको उनले बताए । यसका साथै किसानले दाबी गरेको ९० करोड र सरकारले सही मानेको ६५ करोड बक्यौता रकममा कुरा नमिलेपछि त्यसको समस्या समाधानका लागि बनेको कार्यदलले पनि गोलमटोल प्रतिवेदन सार्वजनिक गर्दै किसानलाई दुःख दिने काम गरेको समितिका सचिव हरिश्याम रायले बताए । कार्यदलले किसानले उद्योगीबाट बक्यौता रकम पाउन बाँकी रहेको र उक्त रकम उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरिए पनि रकमको मात्रा कति हो उक्त कुरा नखुलाएको उनको भनाइ छ । उखु किसानको संघर्षमा अखिल नेपाल किसान युनियन, अखिल नेपाल प्रगतिशील किसान संघ, अखिल नेपाल किसान महासंघलगायत संघसंस्थाले समेत साथ दिएका छन् ।

उखु किसानद्वारा फेरि राजधानी केन्द्रित आन्दोलनको घोषणा

संघर्षरत उखु किसानहरुले पुनः राजधानी (काठमाडौं) केन्द्रित आन्दोलनको घोषणा गरेका छन् । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै संयुक्त किसान संघर्ष समितिले भदौ ५ गतेसम्म किसानहरुको बाँकी सम्पूर्ण भुक्तानी दिन सरकारलाई अल्टिमेटम दिँदै आन्दोलनको घोषणा गरेको हो । यदि भदौ ५ गते भित्र पनि बक्यौता बाँकी रहेका किसानहरुले उखुको भुक्तानी नपाए, पुनः राजधानी केन्द्रित आन्दोलन चर्काउने संघर्ष समितिले जनाएको छ । तर, यसपटकको आन्दोलन पहिले पहिलेको जस्तो नभएर निर्णायक हुने समेत संघर्ष समितिले पत्रकार सम्मेल

दिल्ली हिंसापछि किसान आन्दोलनको भविष्य के होला ?

भारतको राजधानी दिल्लीमा मंगलवार गणतन्त्र दिवसका दिन किसानहरूको आन्दोलन हिंस्रक भएपछि यसको भविष्यका विषयमा टीकाटिप्पणी हुन थालेका छन् । अल इन्डिया किसान सभाका पी कृष्णा प्रसाद र जय किसान आन्दोलनका अविक साहाले दिल्लीमा किसानहरूको ट्य्राक्टर र्‍यालीका कारण अन्य पञ्जाब र हरियाणा बाहेक अन्य राज्यका किसानलाई पनि प्रोत्साहन प्राप्त भएको बताएका छन् ।    ट्य्राक्टर र्‍यालीमा भाग लिएका प्रसादले भने, ‘यस्ता किसिमका घटनाले आन्दोलनलाई कमजोर बनाउँदैनन् । यो अब जनआन्दोलन बनिसकेको छ र देशभरि फैलिसकेको छ । किसान ...

किसान आन्दोलनको समर्थनमा धर्मेन्द्र

बलिउड अभिनेता धर्मेन्द्र देओलले किसान आन्दोलनलाई समर्थन गरेका छन्। भारतमा ४० दिनदेखि कृषि कानुनविरुद्ध आन्दोलन चलिरहेको छ। सरकारसँग विभिन्न चरणमा वार्ता भए पनि निकास नस्किन सकेको छैन। यसैबेला धर्मेन्द्रले किसानलाई न्याय दिनुपर्ने बताएका छन्। किसानको माग सम्बोधन गरेर न्याय दिनुपर्ने उनले ट्वीटरमा लेखेका छन्। यसअघि पनि धर्मेन्द्रले चिसोमा सडकमा बसेर…