प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ।बुधबार बिहान देशभरको मौसम सामान्यदेखि आंशिक बदली भएको छ। महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार दिउँसो प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना छ।काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम बुधबार बिहान १० दशमलब ५ डिग्री सेल्सियस मापन भएको छ। यस्तै‚ जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ३