विद्युत लाइन भूमिगत गर्दा तीनकुनेको मुख्य खानेपानी पाइप लाइनमा क्षति

नेपाल विद्युत प्राधिकरण, काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली आयोजनाले विद्युतलाइन भूमिगत गर्दा काठमाडौंको तीनकुनेस्थित मुख्य खानेपानी पाइप लाइनमा क्षति भएको छ । प्राधिकरणले आयोजना कार्यान्वयन निर्देशनालयसँग समन्वय नगरी विद्युत लाइन भूमिगत गर्दा क्षति भएको केयुकेएलले जनाएको छ ।सोही कारणले कात्तिक २४ गते काठमाडौंको सुन्दरीजलबाट बागमतीको प्रशोधित खानेपानी खुमलटार लैजाने क्रममा चुहावट भई तीनकुने क्षेत्र जलमग्न भएको पनि केयुकेएलले जनाएको छ ।‘क्षति भएको मुख्य पाइप लाइनको मर्मत तथा पु