पोखरामा स्वरुप परिवर्तन गरेर चलाइएका मोटरसाइकलहरु प्रहरीले नियन्त्रणमा लिएको छ । स्वरूप परिवर्तन गरी ध्वनि प्रदुषण गर्ने र लापरवाहीपूर्ण तरिकाले तीब्र गतिमा चलाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले २६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको हो ।प्रहरीले चेकजाँचका क्रममा ७ वटा बुलेट, ११ वटा क्रसफायर र ८ वटा अन्य ब्रान्डका मोटरसाइकल नियन्त्रणमा लिएको हो । सवारी नियम उल्लंघन गर्ने कार्यलाई नियन्त्रण गर्न अभियानकै रूपमा चेकजाँचमा कडाइ गरेको प्रहरीको भनाइ छ ।प्रहरीले शनिबार पोखरा विभिन्न स्थानमा गरेक