सरकारले अझै केही दिन पूर्णता नपाउने देखिएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको एक महिना नाघिसक्दा पनि मन्त्रिपरिषद् ६ सदस्यमा सीमित छ । असार २९ गते सरकार नेतृत्व सम्हालेका देउवाले सोही दिन ४ जना मन्त्री बनाएका थिए ।त्यसको दुई हप्तापछि एक जना राज्यमन्त्री थपे । त्यसयता मन्त्रिपरिषद् विस्तारको विषय प्रधानमन्त्री देउवाको प्राथमिकतामा पर्न सकेको छैन । साउन २४ गतेपछि सत्ता साझेदार दलहरू माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेतासँग प्रधानमन्त्रीको छ